भदौरेको होमस्टेपुग्दा यस्तो देखियो, कोदोको रक्सीमात्रै होइन राटी पनि उस्तै मिठो

इनेप्लिज २०७६ पुष ६ गते १६:३० मा प्रकाशित

कास्कीको अन्नपुर्ण गाउँपालिकामा रहेको भदौरे स्थित तालिवराङमा तमु ह्युला सामुदायीक होमस्टे संचालन भईरहेको छ ।

विगत ४ वर्ष देखि यहाँका १५ घरले होमस्टे संचालन गरिरहेका छन् । उनिहरुले पाउनाको संस्ख्या हेरेर उनिहरुको खानपान र बसोबासको व्यवस्थापन गर्दै आएका छन् । होमस्टेका अध्यक्ष तारादेवी गुरुङ भन्नुहुन्छ – हामीले पाउनालाई आफ्नै घरमा बसेको जस्तै गरि एक रातमा ८० जनासम्म राख्न सक्छौँ ।

होमस्टेको पहिचान भनेको नै स्थानिय उत्पादन, कला संस्कृति, आतिथ्य सत्कार र आत्मीयता हो, त्यसैको खोजीको लागि अहिले आन्तरीक तथा बाह्य पर्यटकहरु होमस्टे पुग्ने गर्दछन् । तमुह्युला सामुदायीक होमस्टेमा पनि पाहुनाको स्वागतका लागि सडक सम्मै पुग्दछन् । स्थानिय फुलको माला, अबिर र साथमा बाजाको तालमा स्वागत गरेर पाहुनाहरुलाई होमस्टेसम्म पुर्याउने गर्दछन् ।
होमस्टेमा कोदोको रोटी, ढिंडो, दालभात, स्थानीय रुपमा उत्पादित साग, तरकारीहरु, गुन्द्रुक, भट्ट, अकबरे खुर्सानी, सिजन अनुसार फर्सी र इस्कुसको मुन्टा, खशी, बोका, कुखुराको माशु लगायतका परिकार खाना र खाजामा समावेश गर्ने गरिएको छ । पाहुनाहरुको इच्छा अनुसार साँझपख सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गर्ने गरिन्छ । खाजा, दुई छाक खाना, एक प्लेट माशु र सुताई गरी नौ सय ५० रुपैयाँको प्याकेज बनाइएको होमस्टेका अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रतिक्रिया