१२ पढेकी कन्या केटीले अबैध बच्चा पाएर खाल्टोमा पुरीन, आमाले बताईन् नालिबेली (स्थलगत रिपोर्ट)

इनेप्लिज २०७६ पुष ६ गते १४:१० मा प्रकाशित

शनिबार बिहान माछापुच्छ«े गाउँपालीका वडा नं. ६ मा एक अबिबाहीत केटी शर्मिला परियार (नाम परिवर्तन)ले नाजायक सम्बन्धबाट जन्मीएको बच्चालाई जन्म दिएर खाल्टोमा पुरीन् । रातको समयमा घर नजिकै बाटो छेउमा पुरेर छोरीलाई जन्म दिएकी र तत्कालै माटोले पुरेर घर गएकी थिईन् । बिहानै स्थानीयले रगत देखेपछि गाउँलेहरु जम्मा भए र नजिकैको ठाउँमा खोतल्दा मृत शिशु फेला परेको हो । अरुको अबैध शिशु भएकाले कसैले नदेख्ने गरी रातीको समयमा जन्माएर मारेर गाडेको स्थानीयहरु बताउँछन् । करिब ४ किलो जतिको वजन भएको बच्चा जिउँदै जन्मीएको र अरुले थाहा पाउँछन् भनेर मारेर गाडेको स्थानीयहरुले बताए ।

घटनाको बारेमा आरोपीत भनिएकी शर्मिला परियार (नाम परिर्वतन)की आमाले आफुलाई छोरी गर्भवती छ भनेर समेत थाहा नभएको जिकीर गरिन् । छोरी पढ्न भनेर पोखरा गएकी र अहिले कक्षा १२ पास गरेकी भए पनि छोरीमा गर्भवती महिलामा हुने कुनै संकेत नपाएको दाबी पारिन् । हेर्नुहोस् घटना कसरी घटेको थियो ?

प्रतिक्रिया