क्यानडाका गीतकार रवि मान सिंह बस्न्यातले रचेको गीत नेपाल आइडलका प्रताप दासको स्वरमा सपनीमा भिडियो सार्वजनिक

इनेप्लिज २०७६ पुष ६ गते १३:२६ मा प्रकाशित

क्यानडालाई कर्मथलो बनाउदै आएका नेपाली सेनाका पूर्व सेनानी तथा गीतकार रवि मान सिंह बस्न्यातको गीत नेपाल आइडलका प्रताप दासको स्वरमा रहेको सपनीमा को भिडियो सार्वजनिक भएको छ ।

शब्द रचना रवि मान सिंह बस्न्यात तथा टिका बम्जनको संगीत रहेको उक्त गीत नेपाल आइडल सिजन ( ऋतु )दुईका गायक प्रताप दासको स्वर रहेको छ । उक्त भिडियोमा कलाकारहरु अलिशा शर्मा ,सुनिल भट्ट तथा दिपक पहेलीले अभिनय गरेका छन् ।

उक्त भिडियो ओएसआर डिजिटलले निकालेको छ भने डिसेम्बर २२ ,आइतबारको दिन सार्वजनिक गरेको छ ।

गीत सुन्न यहाँ थिच्नु होस् :

प्रतिक्रिया