एनआरएन अस्ट्रियाको क्रिसमस जमघटको भव्यता

बाबा राजेश्वरी थापा इनेप्लिजको लागी भियना, अस्ट्रिया २०७६ पुष ५ गते २३:३९ मा प्रकाशित

गैर आवासिय नेपाली संघले आज भियनामा पुन्च पार्टीको आयोजना गरेको छ। मौसमले आज भियनालाई खासै साथ दिएको थिएन, मध्याह्नबाटै भारी वर्षात भएको थियो तर एनआरएनको निम्तो मान्न महामहिम राजदुत प्रकाश कुमार सुवेदीज्युसमेत आफ्नी धर्मपत्नीको साथमा प्रमुख अतिथिको रुपमा पाल्नुभएको थियो।विभिन्न पेशामा संलग्न झण्डै दुईसयको हाराहारीमा नेपाली समुदायको उपस्थिती थियो। एनआरएनको आजको जमघटमा सबै समुहका समुदायको उपस्थितिले आयोजक टोलीलाई ठुलो प्रोत्साहन मिलेको कुरा एनआरएनए अस्ट्रियाका अध्यक्ष बिनोद चौलागाईले बताउनुभयो। आफ्नो कामको व्यस्तताबाट पनि समय निकालेर गैर आवासिय नेपाली संघका शुभचिन्तकहरुले आफ्नो उपस्थिति जनाउनुभएको थियो।

अस्ट्रियामा रहेका अन्य संघसस्थाका पदाधिकारीज्युहरु र गैर आवासिय नेपाली संघ पुर्वपदाधिकारीहरुसमेत परिवारसहित पाल्नुभएको थियो जसले गैर आवासिय नेपाली संघलाई अस्ट्रियावासी नेपाली आफ्नो संस्था भनेर माया गर्न थालेको मत यस कार्यक्रमका संयोजक टोली दिनेश बैदाबार, एलिजा श्रेष्ठ र प्रतिभा कार्कीले एकै स्वरमा बताउनुभयो।

गैर आवासिय नेपाली संघको पदाधिकारी नरहेर पनि अन्य स्वयंसेवकहरुले निकै खटेर काम गरेको प्रत्यक्ष देखिन्थ्यो। गैर आवासिय नेपाली संघका धेरै पदाधिकारीहरुको अनुपस्थिति थियो भने कोषाध्यक्ष बिकास भट्टराईलाई कोष संकलन र अन्य व्यवस्थापनमा भ्याईनभ्याई थियो भने अर्का सदस्य सुर्य लामिछाने र यांग ला(निमा) श्रेष्ठ आगन्तुकहरुको स्वागतमा व्यस्त हुनुहुन्थ्यो।

गैर आवासिय नेपाली संघका सार्है असल मित्र श्री बुद्धि तामांग तथा श्री लक्ष्मण भुजेलले कार्यक्रम अझै व्यवस्थित गर्न प्रयत्न गर्नुपर्ने जोड गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

बाबा राजेश्वरी थापा
इनेप्लिजको लागी भियना, अस्ट्रिया

प्रतिक्रिया