प्रवासी भुजेल समाज कतारद्धार पिडीतलाई हवाईटिकट सहयोग

भोला थापा क्षेत्री २०७६ पुष ५ गते ९:२८ मा प्रकाशित

भोला थापा क्षेत्री –प्रवासी भुजेल समाज कतारले एक पिडीतलाई सहयोग गरेको छ ।

प्रवासी भुजेल समाज कतारका पुर्व कार्यसमिति सदस्य सुशील भुजेललाई अध्यक्ष मिलन कुमार भुजेल सहितको टिमको रोहवरमा हवाई टिकट सहयोग गरेको हो ।

सप्तरी जिल्ला कंचनपुर नगरपालिका ७ का भुजेल विगत केही समयदेखी कतारमा कार्यरत थिए ।

कम्पनीबाट तलब र अन्य सुबिधाबाट बन्चित भएका पिडीत भुजेललाई समाजले नेपाल फिर्तीकालागी नेपाल वायुसेवाको हवाईटिकट प्रदान गर्दै नेपाल फिर्ता पठाएको हो । पिडीत भुजेल आज विहान नेपाल वायुसेवाको स्वदेश फिर्ता भएको समाजका सचिव प्रभात भुजेलले जानकारी दिए ।

उक्त टिकट खरिदमा सहयोग गर्ने समाजका सम्पुर्ण सहयोगी मनहरुलाई अध्यक्ष मिलन कुमार भुजेल हार्दिक धन्यवाद व्यक्त गरेका छन ।

प्रतिक्रिया