रोमान्टिक म्युजिक भिडियो ‘सुखमा मात्र होइन’ सार्वजनिक

इनेप्लिज २०७६ पुष ४ गते १२:१३ मा प्रकाशित

रोमान्टिक म्युजिक भिडियो ‘सुखमा मात्र होइन’ सार्वजनिक भएको छ । निराजन प्रधान र सृष्टि खड्का फिचर्ड गीतको म्युजिक भिडियोलाई मुस्तांगमा खिचिएको हो । भिडियोलाई निर्देशक निसान कास्यप घिमिरेले निर्देशन गरेका हुन् ।

अम्बिका गुरुङको शब्द ,सरोज पोखरेलको संगीत रहेको गीतमा स्वर भने प्रताप दास र शुस्मा बिस्वकर्माले भरेका छन । गीतमा एरेन्ज भने उदयराज पौडलले सुन्न सकिन्छ । बुद्द थापाको छायाँकनमा तयार भएको भिडीयोमा बिकास दाहालको सम्पादन ,सुरेस काफ्लेको ड्रोन,प्रमोद राज भण्डारीको कोरियोग्राफी र मनोज लामाको मेकअप देख्न सकिन्छ ।

 

प्रतिक्रिया