गोरखा सेवा समाज कतारको सास्कृतिक तथा बनभोज कार्यक्रम सम्पन्न

इनेप्लिज २०७६ पुष ४ गते ११:३३ मा प्रकाशित

दोहा कतार l गोरखा सेवा समाज कतारले विविध सास्कृतिक कार्यक्रम सहित बनभोज कार्यक्रम भब्यताका साथ् सम्पन्न गरेको छ l आफ्नो १६औ स्थापना दिवसको अवसरमा गरेको सास्कृतिक कार्यक्रम १८ डिसेम्वर २०१९ (कतारको राष्ट्रिय दिवस) को दिन अल दोसरी पार्क (सहानिया) मा सम्पन्न भएको हो l

कार्यबाहक अध्यक्ष रामजी खत्री सभापतित्व र प्रमुख संरक्षक बुधबल गुरुङ को प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा कतारमा स्थापित बैचारिक तथा सामाजिक संघ सस्थाका बिबिन्न पदाधिकारी हरुको बाक्लो उपस्थिति रहेको थियो l

कार्यक्रमका प्रमुख आकर्षक नेपाल बाट आमन्त्रित रास्ट्रिय कलाकार द्वय रबिन लामिछाने र देवी आले मगरले आफ्ना एकल तथा दोहोरीमा कतारमा रहेका उपस्थित सम्पूर्ण लाई भरपुर मनोरन्जन दिएका थिए l

पछिल्लो समय नेपाल मा दोहोरीका किंग नै भनेर चिनेने रबिन नेपालमा बिभिन्न समयमा हुने दोहोरि प्रतियोगिता मा बिजेता हुन् l नेपाली मिडिया र युट्युबमा पनि रबिनको दोहोरी अत्यधिक रुचाहिएका हुन्छन l यही तिजमा रबिनको पानपाटे ठुली गित सर्भाधिक चर्चामा रहेको थियो l

देश तथा प्रदेशमा स्टेज प्रोग्राममा त्यतिकै व्यस्त कलाकार दोय आले र लामिछानेले बुढाबुढी बिषयमा गाएको दोहोरी ( कहाँ गयौ भागेरी चरी ) मा उपस्थितले भरपुर मनोरन्जन लिएका थिए l

औपचारिक कार्यक्रम संचालन उपाध्यक्ष ओमराज गुरुङ गरेका थिए भने स्वागत मन्तव्य अर्का उपाध्यक्ष एवम् कार्यक्रम संयोजक ज्ञानेन्द्र न्यौपाने राखेका थिए । सांगेतिक कार्यक्रम भने सन्तोष बन्जराले संचालन गरेका थिए l कार्यक्रम मा कतारमा रहेका बिभिन्न स्थानीय गोर्खाली तथा गैर गोर्खाली कलाकारहरु ले आफ्नो प्रस्तुति दिएको थिए l

तन , मन , बचन र कर्मले सेवा गरौ भन्ने मूल नाराका साथ् सन् २००३ मा स्थापित गोरखा सेवा समाज कतार ले गोरखा सेवा समाज कतारले बिभिन्न समयमा यस्ता सास्कृतिक तथा ज्ञानवर्द्धक कार्यक्रम गर्दै आएको छ l जस्तै गत बर्ष आमा सेमिनार र यस वर्ष ‘सकारात्मक सोच: रचनात्मक जीवन’ कार्यक्रम सम्पन्न गरेको थियो l

गोरखा सेवा समाज, कतारले सामाजिक काममा उदाहरणीय रहदै आएको बिभिन्न उपस्थित हरुले बताएका थिए l समाजले नेपालमा पच्चीस लाख बराबरको शैक्षिक अक्षयकोष खडा गरेको छ जुन कोष बाट गरिब तथा जेहन्दार बिधार्थी लाई छात्रवृत्ति प्रदान गरिन्छ l

कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद दिदै सभापति रामजी खत्री ले कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया