रानीको गीतमा नायिका वर्षा शिवाकोटीको प्रेम

इनेप्लिज २०७६ पुष ४ गते ९:५२ मा प्रकाशित

काठमाडौं, पुस ४ । काठमाडौंमा जन्मिएकी उदियमान गायिका हुन् रानी शाक्य ।

बाल्यकालदेखि नै गीत गाउने सोख राख्दै आएकी रानीलाई काठमाडौंमा रहँदा बेलाबेलामा स्टेजमा गीत प्रस्तुती गर्ने मौका मिले पनि गीत रेकर्ड गरी एल्बम निकाल्ने धोको भने पूरा भएन ।

तर उनले अमेरिका पुगेपछि भने एकपछि अर्को गीत बजारमा ल्याइरहेकी छिन् । जसमध्येको सोमबार सार्वजनिक गरिएको ‘हरपल तिम्रो’ बोलको गीतको भिडियो १४ औं हो ।

जसमा रानीले निकै मेहेनत गरेकी छिन् । पेशाले चिकित्सक गायिका रानीको सार्वजनिक गीतमा चर्चित गीतकार अरुण तिवारीको शब्द सजनामा बिक्रम थापाले संगीत भरेका छन् ।

आधुनिक प्रेमील गीतहरु सुन्न र गाउन मन पराउने रानीको सार्वजनिक गीतमा पछिल्लो समयकी चर्चित मोडल तथा नायिका वर्षा शिवाकोटीको अभिनय रहेको छ ।

वैंशालु उमेरमा प्रेममा डुबेकी युवतीलाई आफ्नो मन मष्तिष्कमा प्रेमिको मात्रै याद आउने समय र माहोललाई निर्देशक सुब्रत आचार्यले कलात्मक शैलीमा प्रस्तुत गर्न सफल भएका छन् ।

भिडियोमा वर्षाका प्रेमिका रुपमा जीवन आचार्यले अभिनय गरेका छन् । नवराज उप्रेतीको छायांकन रेहेको भिडियोको सम्पादन नबिन निरौलाले गरेका हुन् ।

गायिका रानीले यसअघि फेरि आज, घैलाको पानी, मायाको सागर, फूल होइन मेरो माया, यो वैँशको मात लाग्यो, तिमी मेरो प्रियतम, हरपल तिम्रो लगायतका १३ वटा गीतमा आवाज दिइसकेकी छिन् ।

प्रतिक्रिया