अमेरिकामा कार्यस्थलमा ४ कारणले राजनीति गफ गर्नु हुदैन भनेको सत्य र प्रमाणित

विजय थापा २०७६ पुष ४ गते १:५३ मा प्रकाशित

सकिन्छ भने अमेरिकामा कार्यस्थल (वर्क प्लेस -)मा राजनीति को ‘रा’पनि नल्याउनु भन्थे । हो रहेछ । यो पंक्तिकार पनि साक्षी भएको छ । पंक्तिकार आश्चर्य चकित हुन् पुगेको छ । अमेरिकी ईतिहासमा गत डिसेम्बर १८ का दिन वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प माथि महाअभियोग लागेको घोषणा भयो । यत्रो बजार घन्कियो । बिश्व कै हरेक कुनामा ट्रम्पको चर्चा र परिचर्चा छ ।

ट्रम्पलाई महाअभियोग लागेको बिषयमा कार्यस्थलमा एकै शब्द पनि चर्चा नहुनु भनेको अमेरिकामा कार्यस्थलमा राजनीति गफ हुदैन भनेको सत्य रहेछ भन्ने बिश्वास जागेको छ । यो पंक्तिकार यहाँहरुलाई आफुले अनुभूति गरेको कुरा हिस्सा गर्न मात्र चाहेको छ ।

हामी नेपालबाट आएका हौ । यस्तो ठूलो घटना हुँदा हामी नेपालमा भएको भए यस बिषयमा घन्टौ घण्टा सम्म गफ गरिन्थ्यो होला । काम हुँदा हुदै पनि राजनीतिको गफ पाएमा समय बितेको थाहा नै हुदैन थियो होला ।

यस बिषयमा यो पंक्तिकारले बिगतमा पनि कलम चलाएको हो । आफैले बिगतमा यस बिषयमा लेखेको तर व्यावहारिक रुपमा कत्तिको मेल खान्छ भन्ने हेतुले मिति डिसेम्बर १९ का दिन गरिएको सर्वेक्षणमा कार्यस्थलमा राजनीति गफ गर्दैनन् भन्ने कुराको पुष्टि भएको आफैले भोग्ने अवसर पाए ।

किनभने डिसेम्बर १८ का दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तल्लो सदनले महा अभियोग लगाउन गरेको मतदानमा पारित गर्दा पनि आफ्नो कार्यस्थलका (कार्यालय )कर्मचारीलाई कुनै वास्ता नै नभएको यो पंक्तिकारलाई लागेको छ । मानौ कि कुनै घटना नै भएको छैन ।

यस बाट यो पंक्तिकारले के निष्कर्ष निकाल्न बाध्य भएको छ उनीहरुलाई लुतो न कन्याई झैँ भएको आफूलाई अनुभूति भएको छ । अनि लाग्यो यो देश त्यसै विकासको फडको हानेको रहेनछ भन्ने सोच्न बाध्य बनाएको छ ।

अनि एकछिन घोत्लिए ,यदि यस्तो घटना नेपालमा हुँदो हो त दिनरात जहाँपनि यस्तै कुरामा अल्झने र कुराकानी मै दिन चर्या बित्ने थियो कि भन्ने अनुमान गर्दछु । जे भएता पनि ,अमेरिकामा आकाश झरे पनि केवल काममा ध्यान दिने र परिणाम दिने मात्र ध्यान केन्द्रित रहने कर्मचारीको पनि ध्येय हुनाले प्रगति नहुने भनेको कुरै भएन ।

अमेरिकामा कस्तो अनुशासन । राष्ट्रपति माथि महाअभियोग लाग्दा पनि चुईक्क कसैले कुरा नै नगर्ने देखे पछि यो पंक्तिकार निकै प्रभावित हुन् पुगेको छ । तपाई हामी अर्को देशबाट आएका हौ । दिनभर एक दर्जन कर्मचारी बीच ८ घण्टा सम्म कार्य गर्दा कतै पनि कसैले पनि राष्ट्रपति डोनाल्ड ट्रम्प को नाम लिएनन । कतै कसैले ल्याउछ कि भनि सोची रहेको थिए । तर कसैले यस शीर्षकमा कसैले कोट्याउदै कोट्याएन । बढो गजव रहेछ अमेरिका । यस्तो पो हुनु पर्ने ।

हामी पनि कार्यस्थलमा राजनीति गफ नगरौ । यसैमा भलाई रहेछ । राजनीतिको र पनि ननिकाल्नु तर म ल्याउछु भन्नु हुन्छ भने तपाईको ईक्षा l त्यसको परिणाम आफै भोग्नु पर्छ l कार्यस्थलमा राजनैतिक विचार त्याग्नु नै उत्तम हुने छ l

अमेरिकामा कार्यस्थलमा राजनैतिक बिषय तथा शीर्षकमा गफ चुट्न पाइने सुरक्षित स्थान हैन l अप्रवासीहरुले अमेरिका भरि भराउ हुदै गै रहेको अवस्थामा अब राजनैतिक गफ पनि गर्न सुरु भएता पनि सावधानी अपनाउनु पर्ने हुन्छ l

हाल अमेरिकन सर्व साधारण विभाजित छन भने भबिष्यमा अझ यो वृद्धि हुन्छ l अमेरिकामा पहिलो पटक अस्वेत ,अफ्रिकन अमेरिकन बाराक ओबामा राष्ट्रपति भए पछि कार्यस्थलमा चर्चा परिचर्चा सुरुवात भयो । त्यस पछि संगै निर्वाचित भएका डोनाल्ड ट्रम्प को पनि अत्यधिक चर्चा हुन्छ । झन् उनको सामाजिक संजालको चर्चा परिचर्चा को त कुरै छाडौ । तर अन्य ठाउँमा चर्चा भएता पनि कार्यस्थलमा न्युनतम हुन्छ ।

अमेरिकामा बिदेशीहरु कार्यस्थलमा न्युनतम राजनैतिक गफ गर्दछन l गफ गर्न नपाइने भन्ने चाही हैन l तर अत्यधिक कम मात्रामा गफ गर्ने प्रचलन हुन्छ l

वास्तवमा यो कुरा हाम्रो व्यक्तिगत मामला हो : मतदान गर्दा या कुनै न कुनै रुपमा मतदान केन्द्रमा मतदाताले कसलाई र कुन दललाई मतदान गरेको कसैले थाहा न पाउन भन्ने हेतुले सुरक्षित गरिएको हुन्छ l यसै गरी हामीले आफै बुझ्नु पर्यो कि हाम्रा व्यक्तिगत राजनैतिक धारणा काममा किन ल्याउने ?

२. राजनीति गफ ले उत्पादन क्षमतामा घटाई दिन्छ : हामी ज्यादा राजनैतिक गफ गर्न पनि रुचाउछौ l हामीले नेपाल देखि नै ल्याएको संस्कार नै भन्नु पर्छ l जव राजनैतिक गफ हुन्छ भने उत्पादन क्षमतामा घटाई दिन्छ l अर्थात् घण्टा को हिसावमा चलेको मूलुकमा असह्य हुन्छ l

आफ्नो लक्ष्य पुरा भएन भने नोकरी बाट हात धुनु पर्ने हुन्छ l जुन बिषयमा छलफल हुन्छ त्यसले उत्पादन क्षमतामा वृद्धि हुनु पर्ने हुन्छ l ठीक बिपरित ,कार्यस्थलमा राजनीति को कुरा चलाईयो भने नकारात्मक असर पर्ने र मन मिलेका साथीभाईहरुमा मन मुटाव हुन्छ l व्यर्थमा तनाव सृजना हुन्छ l जसको कारण पुर्याउनु पर्ने लक्ष्य हासिल गर्न सकिदैन l अनि समस्या उत्पन्न हुन्छ l राजनीति गफ चल्दा तनाव तथा आफ्नो कुरा राख्न खोज्दा उच्च आवाज पनि निस्कने हुन्छ l रक्तचाप पनि वृद्धि हुन्छ l जस्को कारण काममा शिथिलता आउछ l

यसले पक्षपात निम्त्याउछ : अमेरिकामा काममा म फलाना दल को हु भनेर प्रचार प्रसार गर्ने चलन हुदैन l किनभने राजनीति को कुरा हिस्सा गर्न चाहदैनन् l

कुनै पनि सहकर्मीको भित्रि र कुन राजनैतिक दल संग आबद्ध छ भन्ने कुरा नै पत्ता लगाउन गाह्रो हुन्छ l यस्ता कुरा सोधेमा अस्वाभाविक मानिन्छ l र एक बुद्धिमान मानिसले सोध्ने गर्दैनन् l चलन पनि हुदैन l कसको मनमा को पसेको हुन्छ ,थाहा नै हुदैन l दल संग आबद्ध भएको कारण भै रहेको सम्बन्ध समेत बिग्रने हुन्छ l कार्यस्थलमा स्थापित सुमुधुर सम्बन्ध समेत चिसिन जाने हुन्छ l

सहकर्मीहरु राम्रो र सौहार्दपूर्ण रुपमा काम गर्दै गरेको अवस्थामा अचानक राजनैतिक कुरा ,राजनेता तथा राजनैतिक दलको कारण अचानक दूरी बढ्ने र फरक सम्बन्ध बनाउने समेत हुन्छ l तसर्थ यस्ता कुरामा हामी संबेदनशिल हुनु पर्छ l

यसले सहकर्मीमा अलग बनाउनु को साथै झगडा समेत निम्त्याउछ : राजनैतिक कुराहरु उठान नगरुन्जेल मेल ,जुन दिन म डेमोक्रेटिक र म रिपब्लिकन भन्ने पत्ता लाग्छ त्यो दिन बेमेल जस्तो र नराम्रो अनुभूति हुन्छ l

दलले अघि सारेका कार्यसूचीहरु मध्ये उदाहरणको लागि समलिंगी बिबाह आदि ईत्यादी सहकर्मीलाई चासो कै बिषय नभएता पनि यस्ता बिषयले समेत फाटो ल्याउने हुनाले यस्ता कुराहरु कार्यस्थलमा नगर्दा नै साह्रै राम्रो हुन्छ l

अमेरिकामा तपाईले कुनै उम्मेदवार धेरै बुढो छ भन्नु भयो भने पनि त्यो भेदभाव तथा पक्षपात हुन् जाने हुनाले विचार पुर्याउनु पर्छ l सामान्यतया काम गर्ने कार्यालयमा राजनैतिक छलफल भनेको नै विस्फोटक स्थिति आई पर्ने हुनाले ख्याल गर्नु पर्ने अपरिहार्यता हुन्छ l

यदि तपाईको साथीले राजनैतिक कुराकानी गर्न चाहन्छ भने नम्र संग त्यसलाई अस्वीकार गर्नु l सहकर्मीले कुरा चलाएता पनि आफू ले कुनै प्रतिकृया नदिनु नै उत्तम हुनेछ l

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया