अनिलाले चीनको ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधि गर्ने

इनेप्लिज २०७६ पुष ३ गते १२:०० मा प्रकाशित

काठमाडौं । चीनको ग्वान्जोमा यही डिसेम्बर महिनाको अन्तिम साता आयोजना हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधित्व अनिला श्रेष्ठले गर्ने भएकी छन् । ईप्लानेट प्रा.लिले उनलाई ‘मिसेस् नेपाल युनिभर्स २०१९’ उपाधि सहित त्यहा पठाउन लागेको हो ।

डिसेम्बर २२ देखि जनवरी १ तारिखसम्म चीनको ग्वान्जोमा आयोजना हुने संचालन हुने ‘मिसेस् युनिभर्स २०१९’ प्रतियोगिताको ४२औं संस्करण हो । ग्राण्ड फिनाले डिसेम्बर ३० तारिखका दिन ग्वान्जो नान्सा जिम्नाजियममा आयोजना हुँदैछ । विश्वका ८० बढी मुलुकका विवाहिता महिला सुन्दरीहरुले त्यसमा सहभागीता जनाउदैछन् । हरुको सहभागिता रहनेछ ।

आफुलाई फेसन कोरियोग्राफरका रुपमा स्थापित गर्न सफल अनिला श्रेष्ठ २००५देखि प्याजेन्ट क्षेत्रमा उदाएकी थिइन् । ग्रीन आर्टस् मिडियाका कार्यक्रम निर्देशक र कोरियोग्राफर समेत रहेकी अनिला हेरिटेज प्याजेन्टस् र मिस ईको इन्टरनेसनलका लागि नेपालका नेसनल डारेक्टर समेत हुन् ।

एक दशक भन्दा लामो समय प्याजेन्ट क्षेत्रमा बिताइसकेकी अनिलाले थुप्रै सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफरका रुपमा काम गरिसकेकी छिन् ।

मिसेस् युनिभर्समा नेपालको यो पहिलो सहभागिता भने होइन । यस अघि ईप्लानेट प्रा.लिले २०१३ मा मिना घिमिरेल, २०१६ मा पद्मिनी झा, २०१८ मा मनिषा डंगोल पठाएका थिए । तीनै सुन्दरीले केही अवार्ड समेत नेपाल भित्र्याएका छन् ।

मिसेस् युनिभर्स २५ देखि ४५ वर्षसम्मका विवाहिता महिलाहरुमा लक्षित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिता जिम्मेवार जीवनसाथी, महिला सशक्तिकरण तथा मानव अधिकार प्रति समर्पित रहेको छ ।

प्रतिक्रिया