एनआरएनए चीनमा पानी बाराबार

इनेप्लिज २०७६ पुष १ गते ११:४६ मा प्रकाशित

गोन्जाउ,चीन। सन २००७ साल देखी स्थापना भएको एनआरएनए चीन बिभीन्न आरोह अवरोह पारगर्दै सन २०१९ सम्म आई पुग्दा धेरैले देखेको रसोचेको भन्दा फरक मोडमा र धारमा आएर उभिएको छ, संस्थामा बैचारीक द्वन्द र मतभेत हुनु सामान्य तथा संस्थाको लागी पनि राम्रो कुरा हो तरयहाँ आफु भन्दा फरक मत राखेको र आफ्नो बिचार संग असहमत हुनेलाई खुनखार अपराधी र बिरोधीको बिल्ला भिडाएर संस्थाबाट अलग्याउनेनिति आपनाईएको छ। सन २०१७ मा बिभिन्न आन्तरिक तथा बाह्रय कारणले गर्दा भंग भएको एनसीसी चीन केही संस्थालाई माया गर्नेसाथीहरुको धेरै चोटीको अथक प्रयास र कड़ा मिहिनेतले गर्दा बल्लतल्ल तदर्थ (एडहोक ) कमिटी गठन भयो जस्को नेतृत्व सुदेश झाले गर्ने मौकापाए, ८-९ महिनामा उनले चुनाब गराउने बाताबरण बनाएर चुनाब घोषणा गरे तर सबै निर्बिरोध भएर उनले शान्ती पुर्बक प्रदीप न्यौपानेलाईसत्ताहस्तारण गरे, सबै निर्विरोध भए किनकी अर्को पक्षका साथीहरुले पुर्ण रुपमा चुनाब बहिस्कार गरे।

धेरै संघर्ष पश्चात संस्था फेरी बिधिबत रुपमा मुलधारमा आए पनी अझै पुर्ण रुप पाउन सकेको छैन, ३ महिना भैसक्यो ३ वटा कार्यसमितिकोबैठक बसिसक्दा पनि अझै संस्थाले संरक्षक र सल्लाहकार समेत पाउन सकेको छैन,बिबिध कारणले चुनाब बहिस्कार गरेका संस्थापनकालदेखीनकै यस संस्थामा लागेका साथीहरुलाई पुर्ण रुपमा बहिस्कार गरिएको छ। पुराना र अनुभबिलाई समेटेर अझै ठुलो र अझै बलियोसंस्था बनाउनु पर्नेमा , आफुले मनपराएका केही सिमितलाई मात्र राखेर अझै चोईट्याएर सानो तर आफु अनुकुलको मुठी भरीको संस्थाहाक्नलाललयित नेतृत्व देखेर संस्थापन काल देखी लागेका अग्रजहरुले अनुभब नभएकाहरुलाई यसरी नेतृत्व दिदा संस्थाको यसरी दुरावस्था आएकोबताउछन।

संस्थाका पुराना हेवीवेट संस्थापन कालदेखीका बौद्धिक बर्गका ब्यक्तित्वहरु रंजन ढकाल जो बिभिन्न जिम्मेवारी सम्हाल्दै आईसीसी र प्रमुखसंरक्षक समेत बने, डा. राजिब केशरी जो दुई दुई चोटी सम्म आईसीसी बने, ईन्जिनीयर निर्मल चौलागाई जो युवा संयोजक देखी महासचिब सम्मभईसकेका हुन, प्रकाश खरेल सदस्य देखी देखी उपाध्यक्ष सम्म भए , राजन कुमार जम्कट्टेल जो दुई चोटी उपाध्यक्ष भए, रोहित अग्रवाल जोकोषाध्यक्ष , उपाध्यक्ष, बिधानन संसोधन समितिको संयोजक तथा निर्वाचन आयुक्त सम्म भएर सफलता पुर्बक चुनाब गराए,भुपु अध्यक्षहरुशंकर ज्ञवाली, बलराम पराजुली,संजय चेतानी , ईन्जीनियर सुदेश कुमार झा , पुराना सल्लाहकारहरु मिन बहादुर श्रेष्ठ, सुजित बाबु श्रेष्ठ, कृष्णसिलवाल, शुक्ला प्रधान,सिताराम ढुंगाना जस्ले संस्थाको स्थापना गर्न ब्रिजको भुमिका खेल , धर्मदत्त ज्ञवाली , दामोदर पराजुली, निबर्तमानचुनाब आयुक्त मित्रलाल सापकोटा लगाएतका धेरै साथीहरु बाहिर छन, यसरी अनुभबि र पुराना खम्बाहरुलाई बाहिर राखेर एनआरएनए चीनलेकस्तो संस्थाको परिकल्पना गरेको हो भनेर केही पुराना साथीहरुले चिन्ता ब्यक्त गरे, आईसीसी नबिन बिकले बिगतमा जे जे भए पनि अहिलेहामीले सर्बपक्षीय बलियो एनआरएन बनाउनु जोडदिनु पर्ने र एनसीसी चीनलाई बारम्बार दबाब र यही सुझाव पनि दिएको बताए ।

भुपु अध्यक्ष संजय चेतानीले बिबिध कारणबस २०१९-२०२१ को लागी सदस्यता नबिकरण गर्न पाएनन तर त्यही कारण देखाएर अहिले उनीएनआरएन नै नभएको कुतर्क गर्दै हिडने गरेका कुरा एक जना सहयोगीले बताए ,एनआरएनए चीनमा संजय चेतानी मात्र यस्तो ब्यक्ती हुन जस्कोचाईनिज ग्रीन कार्ड छ, अरु सबै भिजिट भिषा र छ महिना देखी १ बर्षको वर्किङ भिषामा छन, जस्को ग्रीनकार्ड त्यही एनआरएन हैन भनेर हल्लाफिजाउने नेतृत्व बर्गको बुद्दि देखेर टिठ लाएर आएको एनआरएनए चीनका एक जना सदस्यले नाम नबताउने सर्तमा बताए, उनको अनुसारअहिलेको कार्यसमितिमा पदाधिकारीका केही साथीलाई छोड्ने र तदर्थ कमिटीको ६ महिनालाई नगन्ने हो भने सबै सतप्रतिशत नया अनुहारहरुछन। अनि संस्था कसरी चल्छ? नयाँलाई ल्याउनै नहुने होईन तर पुराना र अनुभबि दक्षलाई पनी चटक्कै फालिहाल्नु पनि हुदैन भन्ने हो , अहिले दुईपक्ष बिच पानी बाराबार को स्थिति छ, नया बर्ष, तीज, होली , दशै, तिहार जस्ता नेपाली चाडपर्ब मनाउदा होस वा कुटनितिक नियोगकाब्यक्तीहरुलाई स्वागत वा भेटघाट गर्दा होस, छुट्टा छुट्टै गर्ने नमिठो नमज्जाको संस्कार सुरु भएको छ ।

आईसीसीले ( केन्द्रीय कमिटीले) धेरै पहिला देखीनै संस्थामा योगदान पुर्याएका तर चुनाबमा समेटन नसकिएको साथीहरुलाई मनोनीत गर्नकोलागी नाम माग्यो, संगै छेउका छिमेकी हंगकंग, मकाउ, जापानले मनग्य साथीहरुको नाम पठायो र सबैलाई केन्द्रीय कमिटीमा बिभिन्न पदमामनोनीत गराउन सफल भए तर एनआरएनए चीनले चीनमा त्यसरी मनोनीत गर्नुपर्ने कसैलाई देखेन, कसैलाई यसको भनक दिएन, यस्तो संकिर्ण रसानो सोचको नेतृत्वले एनआरएनए जस्तो पबित्र सस्थाको मर्म र भावनलाई अवस्यपनी सम्वोधन गर्न सक्दैन । सामाजीक संसथाको बाटो रलक्ष्य जति अघि बढ्यो त्यति फराकिलो र ठुलो हुनु पर्छ नकी साँघुरिदै र सानो हुदै जानु,

अहिले बिश्वभर छरिएर रहेका एनआरएनए खेलाडीहरुले नेपालको लागी गोल्ड मेडल जितेर ल्याएर नेपालको नाम उच्च पारेका छन, अस्ती भर्खरयुकेकी गौरीका सिंहले पनि नेपालको लागी ४ वटा गोल्डमेडल सहित कास्य र रजत पदकहरु जितिन र सबै एनआरएनहरुले गर्व महशुस गरे, त्यसरी नै चीनका एक एनआरएनए सदस्य दिल कठायतले Brazilian jiu jitsu ( एक प्रकारको मार्सल आर्ट्स)मा गोल्ड मेडल जित्दा पनिएनआरएनए चीनले एउटा बक्तब्य समेत निकालेर उहालाई बधाई दिन सकेन,किनकी उनलाई कथित उतापट्टीको मान्छे भनेर बिल्ला भिडाईएकोछ, संस्थामा यस्को र उस्को भन्ने हुदैन, संस्थामा यस्तो भेदभाब गर्नु एनआरएनएको मर्म बिपरित कार्य हो।

एनआरएनए चीनको आईसीसी सदस्य नबिन बिक जो संस्थामा संस्थापन कालदेखिनै लागेको र दुई पटक कोषाध्यक्ष , तदर्थ कमिटीमा संरक्षक , दुई पटक उपाध्यक्ष समेत भईसकेको र हाल आईसीसी समेत भएकोले बेला बेलामा संस्थामा सल्लाह र सुझाब दिदा पनि अध्यक्ष प्रदीपन्यौपानेले , आईसीसीको त एनसीसीमा भोटीङ पावर हुदैन , तपाई बोल्न मिल्दैन दाई भनेर रुखो बचन लाउने गरेको तीतो अनुभव भएको उनलेसुनाए र भने केन्द्रीय सदस्य भनेको चीनको लागी केन्द्रबाट खटिएको पर्यवेक्षक हुन्छ र चीनमा भएका गतिविधिमा नजर राखेर सल्लाह सुझाव दिनुआफ्नो कर्तब्य र पदिय धर्म भएको सुनाए । बिगत कोट्याउदै जानी र गल्ती देखाउदै जानी भने संस्थामा कोही बाक़ी रहदैनन, अहिले केहीपदाधिकारी र केही सदस्य साथीहरु पनि त्यति ख़ुशी छैनन, कोहीको त राजीनामा समेत तयारी अवस्था रहेको सुन्नमा आएको छ, समयमै ध्याननदिए फेरी अर्को चुनौती खडा नहोला भन्ने स्थिति छैन, त्यसैले पुराना साथीहरुलाई पनि समेटेर ससम्मान संस्थामा ल्याएर एक मजबुतएनआरएनएको परीकल्पना गर्नुको बिकल्प नरहेको र यसको लागी केन्द्र बाट पनि दबाब मुलक भुमिका खेल्न परे पनि संस्थाको लागी आफु पछिनपर्ने ढृदता ब्यक्त गरे र भने अध्यक्ष प्रदीप न्यौपानेले स्वविवेक प्रयोग गरी, उनलाई भड्काउने २-३ जनाको स्वार्थीगुट बाट बाहिर निस्किएर छिटैएक दिन संस्थाकोलागी सबै साथीहरुलाई ससम्मान समेटेर सही निर्णय गर्ने बिश्वास ब्यक्त गरे।

प्रतिक्रिया