नेपाली मिस युरोपका लागि स्विट्जरल्याण्डबाट दुई जना छनौट

इनेप्लिज २०७६ मंसिर ३० गते ११:२७ मा प्रकाशित

गैर आवासीय नेपाली सँघ स्विट्जरल्याण्ड महिला विभागद्वारा मिस नेपालको लागि आयोजना गरिएको कार्यक्रम सम्पन्न भएको छ । उक्त संघको महिला विभागको सँयोजकत्वमा मिस नेपालमा सहभागी गराउने उद्देश्यले राजधानी बर्नमा गत डिसेम्बर १५ आइतवार मिस नेपाल युरोपमा छनौट गर्नको निम्ति अडिशनका लागि गरिएको कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ ।

नेपाली भेषभुषा,सँस्कृति,नेपाली नृत्य, रचनात्मकलाई आत्मसात गर्नुका साथसाथै नेपालसंग युरोपमा बसेपनि सम्बन्ध जोडिइराखोस् भन्ने मूल उद्देश्यले गरिएको उक्त कार्यक्रमका निर्णायक संघकी युरोप महिला संयोजक योगिता थापा र बेल्जिएमकी नेपाली फ्यासन दिजाइनरिन आरती प्रधानले गरेका थिए ।

कार्यक्रममा बिनिता सुनुवार (बर्न),रोसमेर्री भोटिया (ओल्टन),सम्झना कच्ची(लौसाने) र डेचेन लामा(जुरिच) गरि चारजना प्रतिस्प्रधीहरुको सहभागिता रहेका मध्य दुइले प्रथम स्थान हांसिल गर्न सफल भएका छन् ।

रोसमेर्री भोटिया (ओल्टन) र डेचेन लामा(जुरिच) दुवै सारै नै प्रतिभाशाली भएका कारण निर्णायक मण्डलले दुवैलाइ प्रथम स्थान घोषणा गरेको छ । युरोपका विभिन्न देशबाट छानिएर मिस नेपाल युरोप स्तरीय फाइनल कार्यक्रम बेल्जियममा हुनेछ । बेल्जियममा नेपाली मिस युरोप छानिएपछि मिस नेपालको काठमाण्डूमा हुने कार्यक्रममा सोझै सहभागी हुन पाउनेछन् ।

कार्यक्रममा स्थानीय कलाकार नवराज घिमिरेले आफ्नो चर्चित लगाएत केहि अरु गित गाएर उपस्थित दर्शकहरुलाई रमाइलो बातावरण दिएका थिए । गैर आवासीय नेपाली संघ स्वीटजरल्याण्डका अध्यक्ष शिव शुब्बाको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो ।

सम्पूर्ण व्यवस्थापन संघ स्वीटजरल्याण्डकी उपाध्यक्ष शुभा एल्मर र महिला संयोजक सम्झना थापाको बिशेष पहलमा कार्यक्रम आयोजना भएको थियो ।

प्रतिक्रिया