लोक पप गीत “यो नानीको चोलिमा” भिडियो सार्वजनिक

इनेप्लिज २०७६ मंसिर २९ गते १:२३ मा प्रकाशित

नव गायक दिपकजंग मगरले आफ्नो दोश्रो गितीभिडियो “यो नानीको चोलिमा” दर्शकश्रोता माझ सार्वजनिक गरेका छन । जापानमा छायांकन गरिएको उक्त गीत चर्चित संगीतकार सरोज लामाको संगीत अनी तिब्बत दर्लामिको रोमान्टिक शब्दमा बनेको छ । गीतलाई गायक भुवन सिं थापाले भिडियो निर्देशन छायांकन तथा सम्पादन गरेका हुन ।

गीतमा स्वयम गायक दिपक र काम्स्यो घलेको रोमान्टिक अभिनय रहेको छ भने साथमा हिरा मगरले पनि भिडियोमा अचारको रुपमा रमाइलो सहयोगी अभिनय थपेका छन । लोक पप बिधामा रहेको उक्त गीतलाई जापानमा छायांकन गरिएता पनि नेपाल जस्तै देखिने द्रिश्यहरु देख्न सकिन्छ । उक्त गीतमा कौडा बुढा मगरले छायांकनमा साथ दिएका छन ।

प्रतिक्रिया