भ्रमण वर्ष २०२० लाई तीब्रता दिदै एनआरएन अस्ट्रिया

बाबा राजेश्वरी थापा २०७६ मंसिर २८ गते २३:५२ मा प्रकाशित

भ्रमण वर्ष २०२० नेपाल सरकारको महत्वकांक्षी योजना हो। विश्वमै प्राकृतिक सुन्दरताको उत्कृष्ट नमुना हो नेपाल। गैर आवासिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अस्ट्रियाले भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा तीब्रता दिएको छ। विदेशी पर्यटक भित्राउन प्रवासी नेपालीहरुबीच सकारात्मक सन्देश प्रवाह गरी यस योजना हरेक व्यक्तित्वलाई सहभागी गराई कार्यक्रम सफल पार्न गैर आवासिय नेपाली संघले मदिरा हालेको तातो चिया अर्थात् पुन्च पार्टीको आयोजना आगामी डिसेम्बर २१ मा नेपाली साझा कार्यालय भियनामा आयोजना गर्दैछ।

यस पुन्च पार्टीको मुख्य उद्देश्य अस्ट्रियामा विभिन्न पेशागत हिसाबले बसोबास गरिरहेका हरेक नेपालीलाई भ्रमण वर्ष २०२० मा संलग्न गराई जतिसक्दो विदेशी पर्यटक नेपाल भ्रमण गर्न प्रेरित गर्नु हो।

के हो पुन्च ?

पुन्च विशेषत विभिन्न पाँच फलफूल र मरमसलाको समिश्रण गरिएको तातो चिया जस्मा मदिरा हालेर लसुन दलेको बाक्लो पुरी(लांगग्रोस ब्रोट) संग घर बाहिर बसेर पिउने गरिन्छ। केटाकेटी र मदिरा नपिउनेको लागि भने विभिन्न फलफुलका जुसको समिश्रण गरी त्यसमा मरमसला सहित पिउने गरिन्छ । हिमपात हुँदा बाहिर बसेर पुन्च पिउन पाउनुलाई अस्ट्रियनहरु निकै रोमान्चित माहौल मान्छन ।

गैर आवासिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषदले आयोजना गर्न लागेको यस कार्यक्रमलाई निकै उत्सुकताका साथ प्रतिक्षा गरिएको छ।

बाबा राजेश्वरी थापा
इनेप्लिजको लागी भियनाबाट

बाबा राजेश्वरी थापा

पत्रकार ,सामाजिक अभियन्ता ,कार्यक्रम प्रस्तोता तथा लेखिका हुन् । काठमाडौँ घर भएकी थापा हाल अष्ट्रियाको भिएना बसोबास गर्छिन ।

प्रतिक्रिया