कतारमा प्रवासमा भुजेली पर्व (उधौली पुजा) सम्पन्न –तस्वीर सहित

इनेप्लिज २०७६ मंसिर २८ गते २१:४२ मा प्रकाशित

इनेप्लिज कतार–प्रवासी भुजेल समाज कतारले आफ्नो भुजेली पर्व भब्यताका साथ सम्पन गरेको छ ।कतारको दोहा स्थित रहेको गोर्खा रेस्टुरेन्टमा गत शुक्रबारका दिन सम्पन उक्त कार्यक्रम समाजका अध्यक्ष मिलन कुमार भुजेलको सभापतित्व रहेको थियो भने नेपाल जनजाती महासंघ कतार शाखाका अध्यक्ष शिव कुमार भुजेल प्रमुख अतिथीमा रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी शिव कुमार भुजेलले प्रवासमा रहेर पनि आफ्नो भुजेली पर्व ( उधौली ) सँस्कृतिको जर्गना गरेकोमा समाजलाई धन्यावाद व्यक्त गरेका थिए ।

यसै गरि समाजका अध्यक्ष तथा कार्यक्रम सभापति मिलन कुमार भुजेलले कार्यक्रमको खुलेर प्रशंसा गर्दै कार्यक्रमलाई सफल गराउन विभिन्न उप–समिती, कलाकार लगायत उपस्थित सम्पुर्ण भुजेल तथा गैर भुजेललाई कार्यक्रम सफल भएकोमा धन्यवाद प्रकट गरेका थिए ।

मनोरञ्जन प्रस्तुती सगैँ सम्पन भएको भुजेली पर्व ( उधौली ) कार्यक्रममा स्थानिय कलाकारले बेजोड प्रस्तुती दिएका थिए । कतारमा बढ्र्दै गरेको चिसो मौसमलाई भुजेली पर्व ( उधौली)मा उपस्थिती स्थानिय कलाकारको नृत्यले माहोल गरामगर्मी बनाएका थिए ।

कलाकार माया भुजेल र साथीहरूबाट स्वागत नृत्यबाट सुरुभएको मनोरञ्जन कार्यक्रममा एक पछि अर्को गर्दै उपस्थीतीलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा कलाकार हुमाकान्त पराजुली रमेश भुजेल, प्रकाश दर्नाल, सबिन मगर सुबास पौडेल,जीवन गुरुङ, गुना मगर, गणेश ठकुरि, रम्जान निर्दोष, जिना गुरुङ ,सरिता गुरुङ, माया गुरुङ र एलिना मगर लगायतको प्रस्तुतीले उपस्थीतीले खुलेर मनोरञ्जन लिएका थिए ।

समाजका महा–सचिव युवाराज भुजेलले संचालन गरेको उक्त कार्यक्रममा समाज द्वितीय उपाध्यक्ष रमेश भुजेलले स्वागत मंतव्य राखेका थिए भने वरिष्ठ उपाध्यक्ष वीर बहादुर भुजेलले भुजेली पर्व उधौलीको बारे जानकारी सहित कार्यक्रम सफल बनाउन अहोरात्र खटिनु भएका विभिन्न उप समितिलाई धन्यावाद व्यक्त गरेका थिए ।

कार्यक्रमको सुरुआत दिप प्रज्वलन सहित भुजेली पर्व ( उधौली ) विभिन्न देबताको पुजा आराधना सहित सुरुवात गरिएको उक्त कार्यक्रममा मातृृ संघ–संस्थाबाट पनि विशेष अतिथि÷ अतिथीमा उपस्थीती रहेका थिए ।

उपस्थिती मातृृ संघ–संस्थाका प्रतिनिधीहरुले उधौली पर्बको शुभकामना सहितको मंव्तव्य राखेको सचीव प्रभात भुजेलले जानकारी दिए ।

प्रतिक्रिया