मंगलबार, माघ ७ २०७६
काठमाडौं ०२:२०
वासिङटन डिसी 15:35

धनुषा बम विष्फोट आशंकामा ३ जना पक्राउ, अनुसन्धान गर्न समिति गठन

इनेप्लिज २०७६ मंसिर २८ गते १०:५३ मा प्रकाशित

काठमाडौं, २८ मंसिर । शुक्रबार मध्यराति ३ जनाको मृत्यु हुने गरी भएको विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले २ महिला र १ पुरुषलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार विस्फोटको घटना अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली समेत गठन भएको छ।

महेन्द्रनगरमा बम विस्फोट हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहाल, घरधनी ४६ वर्षीय राजेश साह र उनका छोरा २४ वर्षीय आनन्दको मृत्यु भएको थियो।

प्रतिक्रिया