ब्राजिलमा आमाको लुगा लगाई चालक अनुमति पत्रको परीक्षा दिने पुरुष पक्राउ

इनेप्लिज २०७६ मंसिर २८ गते ३:१२ मा प्रकाशित

ब्राजिलमा आफ्नी आमा सवारी साधनको चालक अनुमति पत्रको परीक्षामा ३ पटक असफल भए पछि छोराले आमाको लुगा लगाई परीक्षा दिने हुँदा प्रहरीले पक्राउ गरेको छ ।

उनले परीक्षा लिनेलाई बेबकुफ बनाउने चक्करमा उनलाई ब्राजिल प्रहरीले पक्राउ गरेको हो । हेटर मार्सियो शाईभ नामक ४३ बर्षिय पुरुषले आमाले लगाउने जस्तै वस्त्र र महिला जस्तै हुने गरि सजिएर जाने हुँदा प्रहरीको फन्दामा परेका छन् ।

ब्राजिलको नोभो मुतम परानाको राज्य यातायात विभागमा उक्त घटना हुन् पुगेको छ । उनि आमा डोना मारिया ३ पटक चालक अनुमति पत्रको परीक्षामा गुल्टिंग खाए पछि उनले चतुर बुद्धि लगाउदा उनि समातिएका हुन् । आमाको परिचय पत्रमा उनको अनुहार नमिलेकोले शंका लागेकोले खोज गर्दा महिलाको बदलामा पुरुष फेला पारेका थिए ।

पुलिस विभागमा आइपुग्दा शियाभले गाडी बिसाउने स्थान (पार्किंग )मा परीक्षण शुरू गरेका थिए। उनी गलत ढंगले प्रस्तुत गरिएको आरोपमा पक्राउ परेका थिए।
.
सडक परीक्षण लिने परीक्षक एलाइन मेन्डोकाले स्थानीय संचार माध्यमलाई उसले आफ्नी आमाको कागजात चोरेको, बिद्यालय गएको, मुद्रण (प्रिन्ट )गरेको र उनले परीक्षण शुल्क तिरेको र सबै कुरा आफैंले योजना गरेको हो भनेकी छिन् ।

परीक्षक एलाइनले उसले आफ्नी आमा तीन पटक असफल भएकोमा आमालाई दया दर्शाएको बताइन । उक्त पुरुषको हुलिया देख्दा आमा सम्झेर रक्सि सेवन गरेर आएको जस्तो लागेको बताइन ।

शियाभलाई त्यसपश्चात अदालतले रिहा गरेको छ भने उसको त्यस्तो हर्कतको लागि जरिवाना लिन सक्छ।

समाचार/तस्बिर : इण्डिपेनडेन्ट। ब्राजिल मिलिटरी प्रहरी

प्रतिक्रिया