बिहीबार, माघ ९ २०७६
काठमाडौं १५:०४
वासिङटन डिसी 04:19

नेपाली अमेरिकी मैत्री सङ्घ म्याडिसन विस्कन्सिनको प्रेस विज्ञप्ति

इनेप्लिज २०७६ मंसिर २७ गते २२:४६ मा प्रकाशित

प्रेस  विज्ञप्ति

छिमेकी मित्र राष्ट्र भारतले हालसालै जारी गरेको भारतको राष्ट्रिय नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरिएको प्रति नेपाली अमेरिकी मैत्री सङ्घ म्याडिसन विस्कन्सिनको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस सम्बन्धमा नेपाल सरकार, देश भित्र तथा देश बाहिर संसारभरी छरिएर रहेका बिभिन्न सङ्घसंस्थाहरू तथा नेपाली जनमनहरूबाट भइरहेको बिरोधको आवाजमा नेपाली अमेरिकी मैत्री सङ्घ पनि आवाज थप्न चाहन्छ । असल छिमेकीको पहिचान दिँदै हालको सीमा सम्बन्धी विवादहरू शान्तिपूर्ण तरिकाले सकभर चाँडो सुल्झाउन भारतलाई अनुरोध गर्दछौँ ।

साथै मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा नेपाल सरकार तथा सङ्घसंस्थाहरू एवम् नेपाली जनताहरूले चालेको कदम प्रति हामी ऐक्यवद्धता जाहेर गर्दै भारतसँगको यो सीमा विवाद न्यायपूर्ण तरिकाले तत्काल अन्त्य होस भन्ने चाहन्छौँ ।

प्रतिक्रिया