अफ्रिकी सुन्दरीलाई मिस युनिभर्सको ताज

इनेप्लिज २०७६ मंसिर २७ गते ११:४३ मा प्रकाशित

लण्डन । सुन्दरी प्रतियोगिता अन्तर्गत २०१९ मिस युनिभर्सको ताज २६ वर्षीया जोजिबीनी तुन्जीले जितेकी छिन् । जर्जियाको एटलान्टामा आइतबार सम्पन्न प्रतियोगिको ६८औं संस्करणमा दक्षिण अफ्रिकी सुन्दरीले मिस युनिभर्सको ताज हात पारेकी हुन् ।

तुन्जीले महिला सशक्तीकरण विषयमा दिएको प्रस्तुतिले उनलाई ताज हात पर्न सहयोग पु¥याएको थियो । युवापुस्तालाई आत्मविश्वास बनाउनुपर्ने धारणा व्यक्त गरेकी तुन्जीले अन्य ९० प्रतिश्पर्धीलाई पछि पार्दै ताज हात पारेकी हुन् ।

तुन्जीलाई मिस युनिभर्स २०१८की विजेता फिलिपिन्सकी क्याट्रीओना ग्रेले ताज लगाइदिदै मिस युनिभर्स २०१९ घोषित गरिन् । प्रतियोगितामा नेपालका तर्फबाट मिस युनिभर्स नेपाल २०१९ प्रदीप्ता अधिकारीले भाग लिएकी थिइन

प्रतिक्रिया