बिहीबार, साउन २२ २०७७
काठमाडौं ०१:३२
वासिङटन डिसी 15:47

मेरिल्याण्डमा घरबाटै महिलालाई अपहरण गरि एटिएममा पैसा निकाल्न खोज्ने अपहरणकारी फरार

सूचना दिनेलाई १ हजार डलर

इनेप्लिज २०७६ मंसिर २७ गते २:२२ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डको एक महिलालाई अपहरण गरि एटिएममा पैसा निकाल्न खोज्ने अपहरणकारी फरार भएको प्रहरीले जानकारी दिएका छन् । मेरिल्याण्ड राज्यको वालडोर्फ़ स्थित निवास बाटै महिलालाई अपहरण गरि संगै लगेर अपहरणकारीले एटिएम (स्वचालित गणक यन्त्र)बाट पैसा निकाल्न खोज्दा काम नगरे पछि बेपत्ता भएका छन् । उनलाई प्रहरीले व्यापक खोज गरि रहेको छ ।

चार्ल्स काउन्टीका प्रहरीका अनुसार पैसा ननिस्के पछि महिलालाई सडक मै छोडेर अपहरणकारी भागेको प्रहरीले जानकारी दिएका छन् । गत बुधबार डिसेम्बर ११ का दिन साँझ ७:३० मा अपहरणकारी घरमा घुसेको जनाएका छन् । त्यसपछि उक्त महिलालाई जबर्जस्ति आफ्नो कार (सवारी साधन)मा बसाएर स्वचालित गणक यन्त्र सम्म हाकेर पैसा निकाल्ने ठाउँमा अपहरणकारी पुगेका थिए ।

चार्ल्स काउन्टीका प्रहरीका अनुसार उनलाई गार्डनर तथा एकोकिक सडकमा छोडेको र उनलाई बिहिबार बिहान ३:४० मिनेटमा प्रहरीले फेला पारेका थिए । उनि सित २०१० को कालो टोयोटा क्याम्री र मेरिल्याण्डको दर्ता संख्या ६बिएम ३८०२ रहेको प्रहरीले सार्वजनिक गरेका छन् ।

तस्बिर कृतज्ञता : चार्ल्स काउन्टीका प्रहरी

प्रतिक्रिया