पूर्वयुवराज पारसले सोनिकालाई भने– हाम्रो सम्बन्ध भगवान जाने

इनेप्लिज २०७६ मंसिर २७ गते १:०२ मा प्रकाशित

काठमाडौं, २६ मंसिर । आजभोली तातो बहसको विषय बनेको छ विवादीत युट्युवर सोनिका रोकाया र पूर्वयुवराज पारस शाहको सम्बन्ध ।

यी दुवैको निकटताबारे विभिन्न कोणबाट टिप्पणी भएका छन् । जसको छेस्को निर्मलनिवाससम्म पनि विझिसकेका विवरणमा आउन थालेका छन् ।

यहि सम्बन्धका विषयमा सोनिकाले विभिन्न मिडियामा स्पष्टीकरण दिने कोशीश गरेका छन् । तर, पत्याउने कसले ? अझ तिव्र चर्चा र आलोचना भएपछि सोनिका आफैंले पारससँग फेवातालमाथि डुङ्गामा एउटा भिडियो बनाएर सोधेकी छन्– हाम्रो सम्बन्धका विषयमा भएका चर्चाबारे के भन्नुहुन्छ ?

उत्तरमा पारसले भनेका छन्– भगवान जाने । उनले आफ्ना पछि ३० बर्षदेखि मिडिया लागेको उल्लेख गर्दै नीजि जीवन बिताइरहेको बताएका छन् ।

यति मात्र होइन, सुशासनसम्बन्धी कुरा निकाल्दै पारसले आफ्ना पछि भन्दा पनि कस कसले घुस खान्छ त्यसका पछि लाग्नुपर्ने समेत बताएका छन् ।

प्रतिक्रिया