बिहीबार, साउन २२ २०७७
काठमाडौं ०१:५७
वासिङटन डिसी 16:12

एएनएचएसका अध्यक्ष केदार तिम्सिनाले डिसीमा हुने बिरोध र्‍यालीमा सहभागी हुन् सबैलाई आग्रह

इनेप्लिज २०७६ मंसिर २७ गते ०:४२ मा प्रकाशित

अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)का अध्यक्ष केदार प्रसाद तिम्सिनाले आगामी डिसेम्बर १५ आइतबारका दिन हुने बिरोध र्‍यालीमा सहभागी हुन् सबैलाई आग्रह गरेका छन् ।

उन्ले अहिले सबै जना एक जुट हुनु पर्ने र सबैले ऐक्यबद्धता देखाउनु पर्ने समय हो भन्दै सबैलाई सहभागी हुन् अपिल समेत गरेका छन् । यस समयमा हामीले हाम्रो आवाजलाई बुलन्द बनाउनु पर्छ । सबै समुदाय संग काँधमा काँध मिलाएर हातेमालो गर्दै भारतले नेपालको भूमि अतिक्रमण गरेकोमा बिरोध जनाउनु पर्छ ।

चौतर्फी बिरोध भै रहेको अवस्थामा हामीले पनि ऐक्यबद्धता जनाउनु पर्ने भएकोले अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)का सबैलाई उक्त दिन सहभागी भै कार्यक्रमलाई सफल बनाउन म यस संस्थाको अध्यक्षको हैशियतले सबैमा अनुरोध गर्न चाहन्छु ।

वाशिंगटन डिसी स्थित व्हाइट हाउस अगाडीको लाफेएट पार्कमा जम्मा हुन् आग्रह गर्दछु । कार्यक्रमको सबै जानकारी हेर्न ईनेप्लिज हेर्न समेत आग्रह गर्दछु ।

केदार प्रसाद तिम्सिना

अध्यक्ष

अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)

प्रतिक्रिया