पोखरा अन्तराष्ट्रिय विमानस्थलमा जहाज आउदैन त अब ? स्थानियले भने – बरु गोली हान तर जग्गा दिदैनौँ ! किन यस्तो गर्दैछन् स्थानिय ?

इनेप्लिज २०७६ मंसिर २७ गते ०:३८ मा प्रकाशित

 

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण परियोजनाका कारण आफ्नो उठिबास हुने भन्दै पिडित पक्षले गुनासो गरेका छन् ।

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल जनसरोकार समितिले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरेर आयोजनाले पटके रुपमा गरेको जग्गा अधिग्रहणको श्रृङ्खलाले उठिबास लाग्ने स्थिती आएको भन्दै आक्रोस पोखेका छन् ।

विमानस्थल निर्माणका लागि २०३२ सालमा ३ हजार १ सय ५० रोपनी र ५९० रोपनी जग्गा अधिग्रहण गरि विमानस्थल प्रक्रिया अगाडी बढि रहेको छ । विमानस्थललाई थप जग्गा आवश्यक पर्ने भनि मंसिर ५ गते बसेको मन्त्रिपरिषदको बैठक थप १ सय ४८ रोपनी जग्गा अधिग्रहणका लागि स्विकृति दिएको थियो ।

सरकारको निर्णय प्रति स्थानियले विरोध जनाउँदै थप १ सय ४८ रोपनी जग्गा नदिने घोषणा गरेको जनसरोकार समितिका अध्यक्ष गणेश पौडेलले बताए । आयोजनाले विगतमा भएका सहमतीहरुलाई पनि कार्यान्वयन नगरेको भन्दै १६ बुँदे माग सहित आन्दोलनमा जाने घोषणा समेत गरेका छन । माग पुरा नभए अधिग्रहणका लागि जग्गा नदिने प्रभावित पक्षको माग रहेको छ ।

प्रतिक्रिया