शनिबार, साउन ३१ २०७७
काठमाडौं १०:११
वासिङटन डिसी 00:26

व्हाइट हाउस अगाडी बिरोध जुलूसमा सहभागीहरुले जान्नु पर्ने कुराहरु,डिसेम्बर १५ मा कार्यक्रम हुने

छैठौ पटक आयोजकको बैठक सम्पन्न

विजय थापा २०७६ मंसिर २६ गते ११:४७ मा प्रकाशित

डिसी । नेपालका भूभागहरु कालापानी,लिपुलेक र लिम्पियाधुरालाई भारतले हालसालै प्रकाशित गरेको नक्सा भित्र भारतले पारेकोले डिसेम्बर १५ का दिन अमेरिकाका नेपालीहरु वाशिंगटन डिसीमा बिरोध जुलूस प्रदर्शन गर्ने तयारीको क्रममा आयोजकले छैठौ पटक बैठक सम्पन्न गरेका छन् ।

गत डिसेम्बर ११ का दिन दूर संचार प्रणालीको माध्यम बाट बसेको बैठकले सशक्त र जन सहभागिता अत्यधिक रुपमा जुटाउने र सबैले प्रचार प्रसार गर्न भूमिका निर्वाह गर्ने भएका छन् ।

लाफेएट उद्यानमा डिसेम्बर १५ को दिन बिहान १० बजे देखि २ बजे सम्म कार्यक्रम हुने छ ।

उक्त बिरोध जुलूसमा आउँदा तुलको आकार (ब्यानर को साइज ) ३ * ६ फिट मात्र बोकेर जान पाइने छ । यस्ता प्रचार प्रसारका सामाग्रीहरु आउँदा उक्त पार्क(उद्यान)मा ९;३० मिनेट भित्र प्रवेश गर्नु पर्ने छ । तुललाई पनि सुरक्षा निकासी (सेक्युरिटी चेक)भए पछि मात्र प्रयोग गर्न अनुमति पाइने छ ।

उक्त उद्यानमा आउँदा कुनै पनि चिज सुरक्षा जाँच भए पछि मात्र उक्त पार्क( उद्यान)मा प्रवेश पाइने छ । कुनै पनि चिज झोलामा बोकेर र गह्रौ चिज बोकी भुईमा राख्न पाईने छैन ।

यदि कुनै झोला या कुनै वस्तु मैदान या भुईमा राखेमा तुरुन्तै सुरक्षामा खटिएका अधिकारीहरुले बन्द गराउन सक्ने छन् ।

कुनै पनि प्रचार प्रसार सामग्री अर्थात् तुल(ब्यानर) ९:३० सम्म पुग्ने पर्ने, उक्त उद्यानमा मंच १० देखि ११ सम्म बनाउने ,र कार्यक्रम ११ बजे देखि सुरु भै १ बजे सम्म चल्ने जनाएका छन् । यसै समय बीच वक्ताहरुले भाषण गर्ने,देशभक्ति गीत या नाराहरु लगाउने छन् ।

सन् २०१५ मा भारतले अघोषित आर्थिक नाकाबन्दी गर्दा लाफेएट उद्यान (पार्क)को वरिपरि रहेको सडकमा नाराबाजी लगाउदै वरिपरि परिक्रमा गरिएको थियो । यस पटक पनि यसरी नै परिक्रमा गरिनेछ ।

पार्क(उद्यान) मा निर्माण गरिएको मन्च देखि बिरोध जुलुस सहित वाशिंगटन डिसी स्थित भारतीय राजदुताबास संग अघि बढ्ने छ भने कार्यक्रम १:३० मा समाप्त हुने छ ।

स्मरण रहोस ,संयुक्त नेपाली मोर्चा जस्लाई ‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू’नामक नेपालीहरुको समूहले नेतृत्व गर्दैछन ।

प्रतिक्रिया