बिहीबार, माघ ९ २०७६
काठमाडौं १०:०१
वासिङटन डिसी 23:16

नेपाली जनसम्पर्क समिति अमेरिका भर्जीनिया च्याप्टरको अपिल

इनेप्लिज २०७६ मंसिर २६ गते ११:३५ मा प्रकाशित

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरू !

नेपालको भूभाग समेत समावेस गरी छिमेकी राष्ट्र भारतले हालै नक्सा प्रकाशित गरेको सन्दर्भमा नेपाल सरकार,नेपालका सबै राजनीतिक दलहरू र नागरिक समाजबाट बिरोध प्रकट भैरहेको हामी सबैलाई अवगत नै छ ।

कालापानि लिपुलेक लिम्पियाधुरा लगायत भारत संग सीमा जोड़िएका मातृभूमी नेपालका बिभिन्न भागहरूमा पटक पटक हुँदै आएका अतिक्रमणको विरोध र मिचिएका भूभागहरू फिर्ताको माग गर्दै अमेरिकाको राजधानी वासिंगटन डिसी स्थित Lafayette Square मा Sunday,December 15,2019 का दिन विरोध र्‍याली आयोजना ग़रिएको ब्यहोरा सबैमा जानकारी गराउदछु ।

अतिक्रमणमा परेको सम्पूर्ण भूभागको फिर्ता र सार्वभौम राष्ट्र नेपालको संरक्षण का निम्ति आवाज़ बुलन्द गर्न अमेरिकामा रहेका नेपालीहरूका संघ संस्थाहरूको आयोजना र सहभागितामा हुने उल्लेखित विरोध र्‍यालीमा उपस्थितिको निम्ति ड़िसी मेट्रो एरियामा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाई हरूमा बिनम्र अनुरोध गर्दछु ।

साथै नेपाली संघसंस्था मा आबद्ध सम्पूर्ण पदाधिकारी तथा सदस्य महानुभावहरुमा पनि सकृय रुपमा सहभागी भै कार्यक्रम लाई सफल बनाउन हार्दिक अपील गर्दछु ।

राम शरण हुमागाई
सभापति
नेपाली जनसम्पर्क समिति अमेरिका
भर्जीनिया च्याप्टर

प्रतिक्रिया