मंगलबार, साउन २७ २०७७
काठमाडौं १७:४८
वासिङटन डिसी 08:03

भारतले नेपालको भूमीमाथि गरिरहेको अतिक्रमणको बिरूद्धमा हुने बिरोध र्यालीमा सहभागी बनौ !

इनेप्लिज २०७६ मंसिर २६ गते ११:२६ मा प्रकाशित

आदरणिय सबैमा ,

नमस्कार !

भारतले नेपालको भूमीमाथि गरिरहेको अतिक्रमणको बिरूद्धमा अमेरिकाको ह्वाइट हाउस अगाड़ी हुने बिरोध कार्यक्रममा सहभागि होऔं !
यो असैह्य अन्यायको घोर भर्त्सना र बिरोध गरौं !!
भारतीय राजदूतावासमा बिरोध पत्र बुझाऔं!!!

भारतले नेपालको कालापानी र लिपुलेक लगायत स्थानहरूमा सीमा अतिक्रमण गरेको विरुद्धमा अमेरिका स्थित नेपाली संस्थाहरूको संयुक्त मोर्चा “Nepalis for Nepal’s Territorial Integrity”. ( नेपालको प्रादेशिक अखण्डताको लागि नेपालीहरू) ले एउटा सशक्त विरोध र्‍यालीको आयोजना निम्न स्थान र मितिमा गर्ने भएको र नासा( NASeA) ले पनि यो बिरोध र्यालीको लागि निर्माण भएको अमेरिका स्थित नेपाली संस्थाहरूको संयुक्त मोर्चाको नेतृत्वदायी भूमिकामा रहि आफ्नो औपचारिक उपस्थिति गराउने भएकोले हाम्रो मातृराष्ट्र नेपाल माथि भारतले गरेको यो असह्य अतिक्रमणको बिरोध गर्न नेपाल र नेपाली प्रदर्शित हुने गरि हामी सबैको उपस्थितिको लागि नासा कार्य समिति हार्दिक अनुरोध गर्दछ ।

स्थान :- संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीको लफायत पार्क ( ह्वाइट हाउस अगाड़ी )

मिति र समय :- डिसेम्बर १५ आइतबार बिहान १० बजे ।

बिरोध र्याली पश्चात भारतीय राजदुतावासमा गई बिरोध पत्र समेत बुझाउने कार्यक्रम रहेको छ।

धन्यबाद

बिनित

कृष्ण श्रेष्ठ
महासचिब , नासा

प्रतिक्रिया