टी २० मा भारतसँग वेस्ट इण्डिज पराजित
नयाँदिल्ली, २६ मंसिर । वेस्ट इण्डिजविरुद्धको तेस्रो तथा निर्णायक टी–२० मा भारत ६७ रनले विजयी भएको छ ।
जितसँगै टी–२० सिरिज भारतले २१ ले जितेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ४० रनको विशाल योगफल बनायो ।
भारतका लागि लोकेश राहुलले सर्वाधिक ९१ रन बनाए । उनी ५६ बलमा ९१ रन बनाउँदै आउट भए । त्यस्तै ओपनर रोहित शर्माले ३४ बलमा ७१ रनको सानदार पारी खेल्दै आउट भए ।
यता २९ बलको सामना गरेको कप्तान विराट कोहलीले ७ छक्का र ४ चौकाको मद्दतमा अविजित ७० रन बनाए ।
वेस्ट इण्डिजका लागि शेल्डन कोट्रेल, केसरिक विलियम्स र केरन पोलार्डले समान एक/एक विकेट लिए ।
२ सय ४१ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको वेस्ट इण्डिजले ८ विकेट गुमाउँदै १ सय ७३ रनमात्र बनाउन सक्यो । उसका लागि केरन पोलार्डले ६८ र शिमरन हेटमायरले ४१ रन बनाए ।
भारतका लागि दीपक चाहर, भुवनेश्वर कुमार, मोहम्मद शामी र कुलदीप यादवले समान २/२ विकेट लिए ।
भारत भ्रमणमा रहेकाे वेस्ट इण्डिजले अब भारसँग ३ श्रृङ्खलाकाे एकदिवसीय सिरिज खेल्नेछ । एकदिवसीय सिरिज आउँदाे आइतबारदेखि सुरु हुनेछ ।
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
“यो अमेरिकाको दिन हो। यो प्रजातन्त्र दिवस हो,” : बाइडेन
प्रतिक्रिया