शनिबार, साउन ३१ २०७७
काठमाडौं ०९:५०
वासिङटन डिसी 00:05

न्यु जर्सीमा भएको गोलीबारीमा एक प्रहरी तथा तीन नागरिकको मृत्यु

इनेप्लिज २०७६ मंसिर २४ गते २३:१६ मा प्रकाशित

अमेरिकाको न्यु जर्सीको जर्सी शहरमा लागूपदार्थको कारोवार भएको आशंकामा भएको दोहोरो भिडन्त हुँदा न्यु जर्सीका एक प्रहरी अधिकारी तथा ३ नागरिकको मृत्यु भएको छ ।

उक्त अधिकारीलाई बे भ्यु समाधिस्थलमा गोली हानेका थिए । दुई संदिग्ध व्यक्तिहरु मानिसहरू यहूदीहरुको विशालबजार (सुपरमार्केट)मा भागेका थिए। जब प्रहरी अधिकारीहरू दोस्रो स्थानमा पुगेका थिए ,संदिग्धहरूले बन्दुक चलाएका थिए ।

हडसन काउन्टीका वादी अधिकारीले गोली लागेका प्रहरी अधिकारीलाई अस्पतालमा भर्ना गरिएको थियो ,पछि उनको मृत्यु भएको जनाएका छन् । उक्त बिशाल बजारमा तीन नागरिकहरू पनि मारिएका छन् भने र एक अन्य नागरिक घाइते भएको अधिकारीहरू जानकारी गराएका छन् ।

त्यसपछि संदिग्ध व्यक्तिहरु विशालबजार पछि हटे र अधिकारीहरूलाई गोली हानेका थिए । एकजना अन्य प्रहरी अधिकारीलाई काँधमा गोली लागेको थियो र दुई अन्य अधिकारीहरूलाई गोलाबारुद टुक्राबाट घाइते भएको प्रहरीले जनाएको छ। हाल उनीहरु सबैको अवस्था स्थिर रहेको छ ।

दुबै संदिग्ध व्यक्तिहरु पसलभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएका छन् । कैयौ सुरक्षाअधिकारीहरु सवारी साधन र घेरा गरिएको स्थानमा तैनाथ थिए । गोलीबारी एक घण्टा भन्दा बढी समय सम्म चलेको थियो। उक्त क्षेत्रमा ४:१५ मिनेट सम्म उक्त क्षेत्रका बिद्यालयहरु बन्द गरिएको थियो ।

प्रतिक्रिया