डिसीमा हुनगइरहेको कार्यक्रममा सहभागी हुन नासा) र आन्माको अपील
“ कुनै पनि राष्ट्रको भौगोलिक अखण्डता प्रति कुनै पनि राष्ट्रले सम्मान गर्ने र मर्यादा राख्नु पर्ने अन्तर्राष्ट्रीय मूल्य , मान्यता , प्रचलन , सहज बुझाई र बाध्यात्मक अन्तर्राष्ट्रीय कानुनि परिस्थिति पनि भएको ब्यहोरालाई मनन गर्दै सत्य तथ्यकै आधारमा महाकाली नदी पूर्बको कालापानी लिपुलेक लगायतको हाल चर्चामा आएको केही भूभागहरू नेपालको नै हो भन्ने ठम्याई नासा , आन्माको पनि रहेको छ ।
हालसालै मित्र राष्ट्र भारतले प्रकाशित गरेको राजनैतिक नक्सामा उपरोक्त भूभागहरू नेपालको भूभागमा नदेखाई अन्यथा हुन गएकोले यथासिध्र दुबै राष्ट्रहरूको सरकारको उच्च स्तरिय प्रतिनिधि मण्डलमार्फत सत्य तथ्य कै आधारमा यथार्थतामा कत्ति पनि आँच र घटि नआउने गरि अन्तर्राष्ट्रीय सीमा सम्बन्धीको यो भारत द्वारा बनाईएको बिबादित बिषय यथाशीघ्र सभ्य र सौहार्दपूर्ण बाताबरणमा राजनैतिक र कुटनैतिक तबर बाटै समाधान होस् भन्ने हाम्रो अधिकारिक धारणा रहेको जानकारी सहित पौराणिक काल देखि नै अति सुमधुर र सौहार्दपूर्ण मैत्री संम्बन्ध रही आएको यी दुई छिमेकी राष्ट्रहरू बिच सोही बमोजिम कै संम्बन्धमा अझ बढ़ी प्रगाढ़ता थपी यस्तो दरिलो र न्यानो संम्बन्ध अनन्त काल सम्म रहि रहोस् भन्ने सर्वत्र चाहनाको लागि नासा , आन्मा हार्दिक शुभकामना समेत ब्यक्त गर्दछ ।
अन्तर्राष्ट्रिय सीमा सिद्धान्तअनुसार सीमा जोडिएका दुई देशबीच कुरा मिलेन भने त्यसको न्यायिक उपचारको लागि मध्यस्थता खोज्न सकिने ब्यबस्था भएको र त्यस्तो मध्यस्थता बाट पनि दुबै संम्बन्धित राष्ट्रहरू राज़ी हुन सकेनन् भने यस्तो संम्बेदनशिल बिषयलाई अन्तर्राष्ट्रीयकरण गरि अन्तर्राष्ट्रीय न्यायालय सम्म पनि पुग्नु पर्ने परिस्थिति स्वभाविक प्रकृयामा पर्ने भएकोले सो प्रकृया नै अबलम्बन गर्न नपरोस् भन्नाको लागि कुटनैतिक र राजनैतिक तबरबाटै संम्बन्धित दुई राष्ट्रहरूले यथाशीघ्र यो बिषय टुंगो लगाउन कालागी आन्मा, नासा हार्दिक अपील गर्दछौ ।
यसै सन्दर्भमा वासिङ्टन डिसीमा भारतले नेपालको कालापानी र लिपुलेक लगायत स्थानहरूमा सीमा अतिक्रमण गरेको विरुद्धमा अमेरिका स्थित नेपाली संस्थाहरूको संयुक्त मोर्चा “Nepalis for Nepal’s Territorial Integrity” “नेपालीज फर नेपालस टेरिटोरियल एन्टिग्रिटी” (नेपालको प्रादेशिक अखण्डताको लागि नेपालीहरू) ले एउटा विरोध र्यालीको आयोजना गर्दैछ । उक्त र्याली संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीको लफायत पार्कमा डिसेम्बर १५ आइतबार बिहान १० बजे आयोजना गरिने भएको छ । बिरोध र्याली पश्चात भारतीय राजदुतावास मा गई ज्ञापन पत्र समेत बुझाउने कार्यक्रम रहेको छ।
उक्त कार्यक्रममा सहभागिता जनाइ मातृभूमि प्रति ऐेकवद्दता जनाउन अमेरिका निवासी सम्पूर्ण नेपाली दाजुभाइ दिदीवहिनी हरूमा नासा , आन्मा हार्दिक अपील गर्दछौ ।
धन्यबाद
बिनय अर्याल बलराम पन्थी
अध्यक्ष , नासा अध्यक्ष,आन्मा
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
प्रतिक्रिया