मेयरहरुले गरे उपत्यका विकास प्राधिकरण खारेजीको माग

इनेप्लिज २०७६ मंसिर २४ गते ८:२५ मा प्रकाशित

काठमाडौं, मंसिर २४ । काठमाडौं, ललितपुर र भक्तपुरमा उपलब्ध मेयर तथा उपमेयरहरूको फोरमले उपत्यका विकास प्राधिकरण खारेजीको माग दोहोर्‍याएको छ ।

स्थानीय स्वायत्त शासन नियमावली, २०५६ सँग बाँझिएकाले प्राधिकरण खारेज गर्न फोरमले माग गरेको हो ।

अठार वटा नगरपालिकाका मेयर र उपमेयर सहभागी रहेको बैठक पछि हिजो भक्तपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले ६ बुँदे निर्णयसमेत सार्वजनिक गरेका छन् ।

स्थानीय स्वायत्त शासन ऐनको परिच्छेद ३ मा नगर परिषद्को काम, कर्तव्य, अधिकार र समितिले स्थानीय क्षेत्रको पूर्वाधार र संरचना विकास समिति बनाउन सक्ने उल्लेख छ ।

ऐनको दफा ९४ को उपदफा (३) को प्रयोजनको लागि नगर परिषद्ले कुनै एक सदस्यको अध्यक्षतामा तीन सदस्यीय विषयगत समिति समेत बनाउन सक्ने भएकाले प्राधिकरणको औचित्य नरहेको फोरमको दाबी छ ।

प्रतिक्रिया