युएईमा प्रथम तनहुँ कास्की भलिबल कप २०२० हुदै

भोला थापा क्षेत्री २०७६ मंसिर २२ गते ७:०० मा प्रकाशित

भोला थापा क्षेत्री – रोजगारीको शिलशिलामा युएई पुगेका तनुङ्गे र कास्केलीले यहि आउदो फेब्रवरी १३/१४ वर्ष २०२० का दिन खुल्ला भलिबल कप प्रतियोगिताको आयोजन गर्ने भएका छन् ।

“संस्थागत सहकार्य आजको आवश्यकता” भन्ने नारका साथ तनहुँ सेवा समाज युएई र कास्की आदर्श सेवा समाज यूएईले सयुक्त रुपमा आयोजन गर्ने उक्त प्रतियोगीतामा युएईमा स्थापित नेपाली समाजिक संघ संस्था र खेल क्लबहरुलाई सहभागी हुन समेत अनुरोध गरेका छन ।

युएईको बल्दीया खेल मैदान अलकुजमा हुने उक्त भलिवल प्रतियोगीतको प्रथम पुरस्कार भने युएई दिराम ३ हजार ( करिब ९० हजार नेपाली रुपयाँ ) रहेको छ भने सहभागीका लागी टिम दर्ता युएई दिराम ३५० –(करिब ११ हजार नेपाली रुपयाँ ) लाग्ने आयोजकले जनाएको छ ।

के छ त अन्य पुरस्कार अनि खेल नियमहरु

आयोजकले प्रतियोगीतामा विभिन्न पुरस्कारहरुको पनि आयोजन गरेको छ जसमा द्धितिय पुरस्कार युएई दिरहाम १५०० (नेपाली रुपयाँ करिब ४६ हजार), तृतीय पुरस्कार युएई दिरहाम ३५०( करिब ११ हजार नेपाली) दुई टीम लाई साथमा कप मेडलहरु प्रदान गरिने भएको छ भने उकृष्ट उत्कृष्ट सटर एक जना,उत्कृष्ट लिफ्टेर एक जना,उत्कृष्ट खेलाडी एक जना र उत्कृष्ट सट चेक ब्लकरलाई पनि पुरस्कारको आयोजना गर्ने भएको छ ।

यसै गरि अन्तर्राष्ट्रिय भलिबल नियम अनुसार फेयर प्ले को अवधारणा अनुसार खेल खेलाईने उक्त खेलमा कुनै विवाद तथा प्रविधिको गल्ती भएमा रेफ्रीबाट गरिने निर्णय अन्तिम हुने आयोजकले जनाएको छ भने उक्त दिन युएईमा रहेका संघ सस्थालाई कुनै पनि खेल कार्यक्रमको आयोजन नगरिदिन अनुरोध समेत गर्ने संयोजक हिरालाला श्रेष्ठले बताए ।

प्रबंधक र प्रशिक्षक गरी ११ जनाको टिम बनाउन अनुरोध गर्दै आयोजकले सबै टीम मा एक÷एक जना विदेशी खेलाडी राख्न समेत अनुमति दिने निर्णय गरेको खेल संयोजक हिरा लाल श्रेण्ठ र उप संयोजक सुरेन क्षेत्रील जानकारी दिएका छन ।

प्रतिक्रिया