नक्सा समितिमा अब नेपाली सेना रहने

इनेप्लिज २०७६ मंसिर २० गते ७:१८ मा प्रकाशित

काठमाडौं, २० मंसिर ।  सरकारले नापनक्सा समितिमा नेपाली सेनालाई राख्ने भएको छ। समितिमा सेनाको प्रतिनिधित्व गराउने निर्णय भएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताउनुभयो ।

नापीसम्बन्धी विज्ञ सैन्य अधिकृत समितिमा खटाउन प्रधानसेनापतिलाई निर्देशन दिएको जानकारी उनले सीमा बचाउ अभियान टोलीलाई दिए। लिम्पियाधुरासहित समेटेर नेपालको नक्सा बनाउने तयारी समेत भएको पोखरेलले जानकारी दिनुभयो ।

जग्गा नापजााच नियमावली २०५८ देखि समितिमा सेनालाई हटाइएको थियो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव समितिमा अध्यक्ष हुन्छन्।

यस्तै कानुन, रक्षा, गृह, अर्थ, परराष्ट्र, त्रिभुवन विश्वविद्यालयको भूगोल विभागका प्रमुख, मन्त्रालयले तोकेका एक विज्ञ रहने व्यवस्था छ। नापी विभागका महानिर्देशक सदस्यसचिव रहन्छन्। सेनाले पनि सीमासम्बन्धी निर्देशनालय बनाएर काम थालेको छ।

प्रतिक्रिया