सडक दुर्घटनाबाट मृत्यु हुने मानिसको संख्या बढ्दो

बिरकाजी बस्नेत २०७६ मंसिर २० गते २:२५ मा प्रकाशित

बिरकाजी बस्नेत  ,नेपालमा सडक दुर्घटनाबाट बर्सेनी मृत्यु हुने मानिसको संख्या बढ्दो छ । बिगत १२ बर्षमा एक लाख पांच हजार पटक सडक दुर्घटना भएका छन जसमा बाइस हजार नौ सय ब्यक्तिको जिबन लीला समाप्त भएको छ । यो बर्षको यस् अबधिमा मात्र अट्ठाइससय तीन जनाको सडक दुर्घटनामा ज्यान गएको छ । घाइते र अंङ्गभंग हुनेहरु लाखौं को संख्यामा छन । हाल एक महिना भित्र मात्रै तीन वटा ठुला दुर्घटना भएका छन । कार्तिक १७ गते दोलखा बाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भयो जसमा १८ जनाको ज्यान गयो । मंसिर ११ गते अर्घाखांचीको नरपानीमा १९ जनाको मृत्‍यु भयो । त्यस्तै हालै गुल्मीको इस्मा बाट बाग्लुङ जांदै गरेको जिप दुर्घटना हुँदा मर्नेको संख्या १५ जना पुगेको छ । अर्घाखाँचीमा मात्रै २ महिना भित्र ३ वटा ठुला दुर्घटना भएका छन । यसरी यो बर्षको यस अबधिमा १३ हजार ६७ वटा दुर्घटना भैसकेका छन । यसरी हेर्दा औसतमा एक दिनको सात जनाको दरले मा निसको सडक दुर्घटनामा मृत्‍यु हुने गरेको छ । यो बर्ष लापरवाइका कारण ७२ प्रतिसत ,तिब्र गतिका कारण १८ प्रतिसत ,मादक पदार्थ सेवनको कारण २ प्रतिसत र सडकको दुराबस्था र अन्य कारण बाट बांकी दुर्घटना भएका छन । किन हुन्छन यती धेरै दुर्घटना ???? र जनधनको क्षती हुने गर्दछ त प्रश्न चिन्ह छ । यसका बिबिध कारणहरु छन ।

सबारी साधनको अवस्था :-छोटो वा लामो दुरिका सबारी साधन चुस्त र दुरुस्त हुनुपर्ने हुन्छ । तर नेपालमा चल्ने सबारी साधन धेरै बर्ष पुराना र सबारी साधनको आयु पुरा भएका हुने गर्दछन । यसले गर्दा सवारी सुरक्षा सम्बन्धी यान्त्रिक प्रणाली देखी लिएर ब्रेकको अवस्था ,हर्नको अवस्था , पानी पुछ्ने वाइपरको अवस्था अगाडिको भागमा बाफ उठी देख्न अबरोध आउने अवस्था ,स्टेरिङ्गको अवस्था ,टायरको अवस्था जस्ता कुराहरु समय समयमा चेकजांच गरी अध्याबधिक गर्नुपर्ने हुन्छ । तर यस्तो नगरिने हुंदा यिनै कुरा हरुका कारण फेल भएर गाडी दुर्घटना हुने गरेका छन । अफ्ट्यारा घुम्तिहरुमा ब्रेक फेल भएर दुर्घटना हुन पुगी धेरै यात्रु मरेको समाचार बारम्बार सुन्नु परिरहेको हुन्छ । लामो दुरिमा चल्ने र उकालो बाटो पार गर्नुपर्ने सबारिहरु चलाऊन सुरु गर्नु अघी एकसरो जांच सम्म नगरि चलाऊने र बिच बाटोमा या त बिग्रने र यात्रु अलपत्र पर्ने ,ठिक समयमा गन्तब्यमा नपुग्ने वा दुर्घटना हुन पुगी मर्न पुग्ने या घाइते हुन पुगी आजिबन अर्काको सहारामा बांच्नु पर्ने हुन्छ । एक समयको यस्तो पनि अनुभब छ कि गाडीको दुबै हेड्लाइट नभएको तर गन्तब्यमा पुग्नै पर्ने भएकाले यात्रुहरुले आफु सँग भएका टर्च लाइट बालेर बाटो देखाउदै अध्यारोमा चलाऊनु परेको थियो ।

एक समयको यस्तो पनि अनुभब छ कि गाडीको दुबै हेड्लाइट नभएको तर गन्तब्यमा पुग्नै पर्ने भएकाले यात्रुहरुले आफु सँग भएका टर्च लाइट बालेर बाटो देखाउदै अध्यारोमा चलाऊनु परेको थियो ।

४५ साल तिर जोगिमारा भन्ने ठाउमा बिना सबारी सिग्नल रोकी राखेको एक ट्रकमा बिराटनगर बाट काठमाडौं आउँदै गरेको सुबिधा ट्राभल्सको यात्रु बस ठक्कर खाइ नदिमा खसेको थियो र थुप्रैको ज्यान गएको थियो । सडकको बास्तबिक धान्न सक्ने क्षमता भन्दा अत्याधिक संख्यामा सबारी साधन गूडाउने गर्दा पनि दुर्घटना बढेका छन । सानाठुला सबारी साधन बस्तु बाख्रा जस्तै बिना लेन दौडाउने गर्दा पनि ठुला टिप्पर जस्ता साधनले साना साइकल ,मोटर साइकल र स्कुटिहरुलाई ठक्कर दिएर दुर्घटना गरी धेरै ज्यान लिने घटना बढेको वढ्यै छन ।

सडकको अवस्था :-नेपालको अधिकांस भु बनोट पहाडी ईलाका भएकाले सडक मार्ग बिभिन्न मोड र घुम्ती पार गर्दै लानु पर्ने चुनौती छ । तर सड्कको सर्भे ,भौगर्भिक अवस्था ,खोलानालामा निर्माण गर्नु पर्ने पुल पुलेसाहरुको राम्रो सँग प्राबिधिक संभाब्यता अध्ययन गरिदैन । त्यस माथि गाउ ठाउका अगुवा र राजनीतिक नेता हरुको थातथलो पायक पर्ने गरी सडक सर्बेक्ष्यण र निर्माण गर्न लगाइन्छ । नेताको क्षेत्र पायक पर्ने गरी सडक निर्माण गर्नु पर्दा सडकमा अनाबस्यक घुम्तिहरु र लम्बाइ थपिने हुन्छ । जस्तो बि पि मार्ग यही कारण करिब सात आठ किलोमिटर अनाबस्यक लामो हुन पुगेको छ । त्यस माथि ट्र्याक खुल्दा नखुल्दै सबारी चलाऊन सुरु गरिहाल्ने ,कच्ची सडकका कारण सुक्खा अवस्थामा अत्यन्तै धुलो उड्ने र बर्षाको समयमा गाडीको चक्का भासिने गरी हिलाम्मे हुने वा रोपाइको लागि तयार पार्दै गरेका खेतका गरा जस्ता हुने गर्दछन । आजकाल ग्रामीण सडकहरुको निर्माणका प्राबिधिक इन्जीनियर हरु डोजर ड्राइभर हुने र डोजरका मालिक स्थानिया जनप्रतिनिधी हुने गरेका छन । त्यस माथि गाडीको खास क्षमता भन्दा बढी यात्रु र सर सामानको भार बहन गराउनाले बिच बाटोहरुमा यात्री हरु ओर्लेर हिंड्नु पर्ने ,डोरी लगाएर गाडी यात्रुहरुले नै तान्नु पर्ने वा पछाडि बाट धकेल्नु पर्दछ ।

डोरी लगाएर गाडी यात्रुहरुले नै तान्नु पर्ने वा पछाडि बाट धकेल्नु पर्दछ ।

पहिलो कुरा त निरही यात्रुहरु मनलाग्दी भाडा तिर्न पनि वाध्य हुने र आँफैले सास्ती भोग्दै सबारीलाई गन्तब्यमा पुरयाउन वाध्य बन्दछन । अर्को तिर बाटोमा पहिरो वा खोलाले थुपारेको ढुङ्गा माटो सम्म नपन्छाइ र किनार तिर परेका खोल्सा हरु सामान्य पुर्ने काम सम्म नगरि सबारी जबर्जस्ती चलाऊने गर्दा पनि ठुला ठुला दुर्घटना हुन पुगी जनधनको क्षती हुने गरेको छ । नदी किनार हुँदै जाने सडकमा दुर्घटना हुंदा गाडी र यात्रु सबै नदिमा खस्न पुगी ठुलो नोक्सानी हुने गरेको छ ।

चालकको लापर्बाही :-लामो दुरिका सबारी चालक बाटामा बियर र मासु खाएर सबारी चलाऊछन । कुनै पसलहरुमा अनाबस्यक रुपमा गफ गर्दै बस्ने ,कम उमेरकी भए होटल्नी हरुसँग जिस्किने र समय बिते पछी गन्तब्यमा पुग्न जथाभाबी तिब्र गतिमा दौडाउने र दुर्घटना गराउने गर्दछन । लामो दुरिमा चलाऊदा आफु आराम गरी अनुभब नभएका र अनुमती नै नलिएका सहचालक लाई चलाऊन लगाउने गर्दछन । सडकमा गुडीरहेका अन्य सबारी साधन संग प्रतिस्पर्धा गर्दै दौडाउने ,साना सबारिलाई नियम मिच्दै अनाबस्यक तरिकाले उछिन्न खोज्ने ,पानी परेर हिलो भएको सडकमा पैदल यात्रु बिशेष गरी महिला यात्रु माथि नियतबस नै हिलो छ्याप्दै दौडाउने र मज्जा लिने ,कोही ब्यक्ती ठक्कर लागि सामान्य घाइते भएको छ भने गाडी ब्याक गरी गरी मारेर हिंड्ने जस्ता जघन्य अपराध गर्दछन । सबारी चलाऊदै फोनमा गफ गर्ने ,ठुलो स्वर गरेर क्यासेट प्लेयर घन्काउने ,यात्रुको ख्याल नगरि जथाभाबी छाडा र फोहोर शब्द बोल्ने ,यात्रु ओर्लिसक्न नपाउदै गाडी दौडाउने ,यात्रुका सामान मिल्काइदिने सम्मका हर्कत गर्दछन । यस्ता रोक्न सकिने लापारबाहिले पनि धेरैको ज्यान जाने र परिवार नै छिन्न भिन्न हुने गरेका छन ।

सबारी चलाऊदै फोनमा गफ गर्ने ,ठुलो स्वर गरेर क्यासेट प्लेयर घन्काउने

सामान्य जनमानसको सडक प्रयोग सम्बन्धी अज्ञानता :-बाटो काट्दा जेब्रा क्रसको प्रयोग नगर्ने , बाटो काट्न अनाबस्यक हतारो गर्ने ,आकासेपुल हुंदाहुदै हतारमा पुलमुनी बाट बाटो काट्ने तर केही पर चटकेले देखाउदै गरेको चटक रमिता लागेर हेर्ने र समय खेर फाल्ने ,घर अगाडि बिच सडकमा पराल ,छ्वाली लगायत बिस्कुन सम्म पनि सुकाउने ,कुखुरा ,बाख्रा ,गाइ गोरु जस्ता चौपाय बेपर्बाह सडकमा छोड्ने ,बाटो हिड्दा फुट्पाथको प्रयोग नगर्ने जस्ता कारणले पनि दुर्घटना हुने गरेका छन ।

कानुनी प्राबधान र परीपालन :-सुरक्ष्यित यात्रााको लागि कठोर सबारी नियम र त्यसको पालन गर्नु पर्ने हुन्छ । सबारी संकेत राख्नु पर्नेमा राजमार्ग छेउछाउ चुरोट र बियरका रंगिन पेन्टेड भिता हरु ,ठुला ठुला बिज्ञापनका होर्डिङ बोर्डहरु निस्फ्रिकी राख्न दिने जसका कारण चालकको ध्यान बिकेन्द्रित हुन्छ र दुर्घटनाको संभावना बढाउछ । यस्तो रोक्न आबस्यक प्राबधान सहितका पर्याप्त कानुनी ब्यबस्था छैन । सडकको अवस्था अनुसार गतीको मात्रा तोकिएको बोर्डहरु कमै मात्र पाईन्छ । दोबाटो र चौबाटोमा सबारी बत्ती राखिएको हुँदैन र सिमित मात्रामा राखिए पनि सबैले पालन गर्दैनन र दुर्घटना हुने गर्दछ । एक पटक प्रहरिका डि आइ जी ले नै बिना अनुमती पत्र र रेड लाइट उलंघन गरेको अवस्थामा एक जना जापानिले रोकेका थिए । यो घटनाले त्यो समय हंगामानै भएको थियो । सडकमा रहेका ट्राफिक उनै हाकिमलाई सलाम गर्दै थिए । चालकले मान्छे मारेको भन्दा घाइते बनाएको बढी जरिमाना हुने हुँदा उपचार पस्चात सामान्य जिबनमा फर्कन सक्ने अवस्थाका सम्म लाई पनि किचेर मार्ने गरेको पाइएको छ ।

चालकले मान्छे मारेको भन्दा घाइते बनाएको बढी जरिमाना हुने हुँदा उपचार पस्चात सामान्य जिबनमा फर्कन सक्ने अवस्थाका सम्म लाई पनि किचेर मार्ने गरेको पाइएको छ ।

नेपालका चालक हरु रेड लाइट्मा भन्दा कालो बिरालोले बाटो क्रस गर्‍यो भने बरु गाडी रोक्छन । इन्जीनको मर्मत संम्भार भन्दा विश्वाकर्मा पूजा तिर महत्व दिन्छन । उस्तै अवस्थामा ब्याबसायिक चालकहरुले पनि नक्कली अनुमती पत्र लिएर चलाएको पनि समाचार आउने गरेको छ । कतिपय ठुलाठालु हरुका आफन्त बिना रोड टेस्ट नै अनुमती पत्र लिएर सबारी चलाऊंछन भने कतिपय अबस्थामा कर्मचारीहरु घुस खाएर लाइसेन्स दिने पनि गर्दछन । चालक अनुमती पत्र लिन निस्चित उमेर हद नतोकिने कारणले कलीला युबाहरु आफ्नो जोसिलो उमेर अवस्थाले गर्दा ओभर कन्फिडेन्स र कम अनुभबले गर्दा दुर्घटनामा परी मारिने गरेका छन .

निर्माण ठेक्का प्रणाली :-बोलपत्र आह्वानमा सबैभन्दा कम रकम दावा गर्ने ठेक्केदार लाई निर्माण गर्न अनुमती दिने र एउटा ठेक्का पुरा नगरि अर्को थपिदिने ,ठेक्केदारले पनि अर्को बर्गको ठेकदारलाई ठेक्काको पनि ठेक्का दिने जसका कारण समयमा काम पुरा नहुने त छदैछ एकदमै निम्छरो स्तरको काम हुने ,कालो पत्रे मापदण्ड नपुर्याइकन र कम्जोर ग्राभेल राखी गर्ने हुँदा छोटो समयमा नै सडक भत्कने र बिग्रने अनी भैंसी आहाल बस्ने जस्ता खाल्डा खुल्डी पर्ने र सबारिले सन्तुलन गुमाउन पुगी दुर्घटना हुने गरेका छन । यस्ता कुरामा सडक बिभाग मन्त्रिको आदेशमा र कुनै संभाब्यता अध्ययन नगरि आयोजना दिने गर्दा पनि उचित स्थान र निस्चित समय सिमा भित्र काम पुरा हुन नसकी आंशिक बनेका सडकमा नै सबारी चलाऊने र दुर्घटना हुन पुगी धनजनको खती हुने गरेको अवस्था हो । समाधानका उपायहरु अर्को आलेखमा ।

प्रतिक्रिया