बिहीबार, माघ ९ २०७६
काठमाडौं १४:३४
वासिङटन डिसी 03:49

भर्जिनियामा ईनास अमेरिकाको केन्द्र तथा राज्य समितिको बैठक तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्यताको साथ सम्पन्न

इनेप्लिज २०७६ मंसिर २० गते ०:१६ मा प्रकाशित

 

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको केन्द्र तथा राज्य समितिहरुको बैठक तथा प्रमाण पत्र वितरण कार्यक्रम भव्य रुपले सम्पन्न भएको छ । गत शनिबार नोभेम्बर ३० का दिन डिसी क्षेत्रको भर्जिनिया राज्यको आसबर्न शहर स्थित एभरेष्ट किचन नामक चमेना गृहमा कार्यक्रम सहित विभिन्न सांस्कृतिक कार्यक्रम गरी सम्पन्न भएको छ ।

सर्वसम्मतबाट चयन भएको उक्त कार्यक्रममा ईनासका संस्थापक सदस्य तथा ईनास बिश्व (ग्लोबल)कि संरक्षिका निता श्रेष्ठ, ईनास ग्लोबल सल्लाहकार तथा साहित्यकार गोविन्द गिरी प्रेरणा, ईनास ग्लोबल सचिव हरि शर्मा तथा उत्तर अमेरिकाका क्षेत्रीय संयोजक आनन्दु लामाको विशेष उपस्थितिमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा ईनास भर्जिनिया सल्लाहकार समितिमा लेखिका तथा साहित्यकार श्रीमती अम्बिका गुरुङ तथा ग्लोबल सचिव हरि शर्मा सीपीए द्वारा बुद्धको /मुर्तिमा बत्ति बालि उद्घाटन गर्नु भएको थियो ।

ईनास अमेरिका राष्ट्रिय समितिका अध्यक्ष पदमा कृष्ण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गोपाल नेपाल ( फिस्टे ) महासचिव रमेश मैनाली, केन्द्रिय सदस्य श्रीमति अमिता लामा, सुगन्ध श्रेष्ठ,र रिता श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

यसै गरि ईनास अमेरिका केन्द्रको संचार संयोजक विश्व राज थापा ,ईनेप्लिज कै विजय थापा ईनास ग्लोबल संचार संयोजक ,सचिव हरि शर्मा तथा संस्थापक सदस्य तथा ईनास ग्लोबल संरक्षिका निता श्रेष्ठले संयुक्त रूपमा प्रमाणपत्र सहित खादा ओढाएर बिधिबत रुपमा ईनास अमेरिकाको कार्यभारको जिम्मेवारी दिएको छ।

उक्त कार्यक्रममा ईनास न्यूयोर्क राज्यसमितिका महासचिव मोहन विष्टलाई सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरूको प्रमाणपत्रहरु हस्तान्तरण गरी कार्यभारको जिम्मेवारी दिएको छ।

ईनास अमेरिका केन्द्र तथा अन्तर राज्य समितिको बैठक तथा प्रमाणपत्र वितरण कार्यक्रममा धेरै टाढा केन्टकी राज्य समितिका पदाधिकारीहरूको पनि विशेष उपस्थिति रहेको थियो ।

साथै उक्त कार्यक्रममा केन्टकी राज्य समितिका पदाधिकारीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नु हुँदै कार्यक्रमलाई अझ मनोरञ्जन प्रधान गर्नु भएको थियो। उक्त सांस्कृतिक कार्यक्रमलाई नेपालका वरिष्ठ हास्यकलाकार खुरापाती हाकिम ( मनोज आचार्य ) ले सञ्चालन गर्नुभएको थियो।

केन्टकी राज्यबाट राज्य समितिका अध्यक्ष तथा ईनास अमेरिका केन्द्रका उपाध्यक्ष गोपाल नेपाल फिस्टे, उपाध्यक्ष मुरारी गुरागाईं, उपाध्यक्ष प्रदीप कुमार बिष्ट, कोषाध्यक्ष सरोज अधिकारी तथा सदस्य सनातन रेग्मी स्वयम् उपस्थिति भई प्रमाणपत्र तथा खादा ग्रहण गर्नुभई कार्यभारको महत्वपूर्ण जिम्मेवारी पनि लिनु भएको छ ।

उक्त अवसरमा कला र कलाकारको सारथी ईनास अमेरिकाको संज्ञा सहित ” जिउँदो श्रष्ठालाई सम्मान गरौं, अहिले नगरे कहिले गर्ने र हामी नेपालीले नगरे कसले गर्ने ” भन्ने मुख्य नारालाई आत्मसात गर्दै ईनास ग्लोबलको उद्देश्य अनुरुप नेपाली भाषा, कला, साहित्य र संस्कृतिलाई प्रवर्द्धन गर्ने कार्यमा ईनास अमेरिका तथा राज्य समितिहरु सधै अग्रसर रहने संकल्प समेत गरिएको छ।

ईनास अमेरिका केन्द्रका मुख्य सल्लाहकार इनास ग्लोबल सचिब हरि शर्मालाई मनोनित गरिएको छ भने सल्लाहकारहरुमा समाजसेवी तथा कलाकार नेत्र घिसिङ,समाजसेवी रामकुमार श्रेष्ठ,समाजसेवी रबि कार्की,वरिष्ठ गायक मधु क्षेत्रीलाई लाई मनोनित गरिएको छ ।

ईनास अमेरिकाको कार्यकारी मुख्य समितिमा अध्यक्ष :कृष्ण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष : कन्हैया सिंह परियार, उपाध्यक्ष : गोपाल नेपाल (फिस्टे),उपाध्यक्ष : कृष्णमुरारी ढुङ्गेल,महासचिव : रमेश मैनाली ,सचिव : अंकुश नेपाल ,कोषाध्यक्ष : राजन अधिकारी र सह-कोषाध्यक्ष : श्रीमती गीता रेग्मी निर्वाचित हुनु भएको छ ।

यसै गरि सदस्यहरुमा शान्त पोखरेल, अमिता लामा र दीपा अधिकारी निर्वाचित हुनु भएको छ । उक्त कार्यक्रममा ईनास अमेरिकाको संयोजक केन्द्रीय सदस्यहरुमा क्रमस ;प्रकाश नेपाल, संयोजक साहित्य;सुगन्ध श्रेष्ठ, संयोजक संगीत तथा वाद्यवादन;रीता श्रेष्ठ, संयोजक कला,नबिन केसी, संयोजक नृत्य निर्देशक( कोरियोग्राफर ) रहनु भएको छ ।

यसै गरि ईनेप्लिजका विश्वराज थापा तथा विजय थापा संयोजक मिडिया तथा प्रचार प्रचार,रूप कार्की, संयोजक खेलकुद निशेष भट्टराई, संयोजक युवा तथा संघसंस्था,लक्ष्मी श्रेष्ठ, संयोजक कला तथा संस्कृति ,उज्जल ठकुरी, संयोजक खेलकुद तथा भारत बराइली, संयोजक फिल्म निर्माण तथा प्रवद्धनको लागि चयन गरिएको छ ।

त्यस्तै गरि गत नोभेम्बर १६, २०१९ का दिन भर्जिनियाको हरण्डन शहरमा सम्पन्न अधिवेशनले कार्यकाल २०१९-२०२१ का लागि राहुल केसीको अध्यक्षतामा अठार सदस्यीय इनास भर्जिनिया समितिका पदाधिकारीहरुलाई पनि सो अवसरमा प्रमाण-पत्र तथा कार्य भारको जिम्मेवारी दिइएको छ।

ईनास भर्जिनिया कार्य समितिमा राहुल केसी, अध्यक्ष,रुपा राना,बरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरुमा क्रमस अर्जुन घिमिरे, सुनिक्षा मैनाली, खेम संग्रौला निर्वाचित हुनु भएको छ ।

यसै गरि पुस्कर पन्त, महासचिव,पवन ओली ,सचिव ,रंजन उपाध्याय, कोषाध्यक्ष,दिपा खरेल, सह-कोषाध्यक्ष,मोहन खरेल निर्वाचित हुनु भएको छ ।

यसै गरि सदस्यहरुमा क्रमस अनिल तिमल्सिना,दिपेन खरेल ,बिन्ती कुमार गुरुङ ,सरला कार्की,आयुष के. सी., सदस्य ,यादब प्रसाई, सदस्य ,सरिता प्रधान,रबिन दास,रमेश पाठक तथा दिपक नेपाली निर्वाचित हुनु भएको छ ।

ईनास भर्जिनियाको संरक्षकमा कलाकार किरण प्रताप केसीलाई मनोनित गरिएको छ भने बन्नी प्रधान, वरिष्ठ नेपाली चलचित्र निर्देशकलाई वरिष्ठ सल्लाहकारमा मनोनित गरिएको छ ।

यसै गरि सल्लाहकारहरुमा क्रमस मनोज आचार्य (खुरापाती हाकिम) वरिष्ठ हाँस्य कालाकार,खेम शर्मा, वरिष्ठ हाँस्य कलाकार ,महेन्द्र बुढाथोकी, वरिष्ठ चलचित्र निर्देशक,दिनेश कार्की, वरिष्ठ अभिनेता तथा निर्देशक ,कृष्ण भण्डारी, समाजसेवी, सल्लाहकार ,परशुराम भण्डारी, संचार संयोजक तथा श्रीमती अम्बिका गुरुङ, साहित्यकार तथा गीतकार, सल्लाहकारमा मनोनित हुनु भएको छ ।

संचारकर्मी खेम भट्टचनलाई अमेरिका केन्द्रको संचार संयोजकमा मनोनित गरिएको छ ।

प्रतिक्रिया