बिहीबार, फागुन ८ २०७६
काठमाडौं ००:३३
वासिङटन डिसी 13:48

१४१ रन अन्तरमा भुटानविरुद्ध नेपालको किर्तिमानी जीत

इनेप्लिज २०७६ मंसिर १९ गते ११:३७ मा प्रकाशित

काठमाडौं, १९ मंसिर । १३ औं दक्षिण एसीयाली खेल अन्तर्गतको नेपाली राष्ट्रिय क्रिकेट टिमले भुटानविरुद्ध १४१ रन अन्तरको फराकिलो किर्तिमानी जित निकालेको छ ।

त्रिभुवन विश्वविद्यालय किर्तिपुरको क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई २३७ रनको लक्ष्य दिएको थियो । २० ओभरमा ६ विकेट गुमाएर ९५ रनमा भुटानलाई समेटिदियो, नेपालले ।

पारस खडकाले दुई विकेट लिए भने पवन सराफ, करण केसी र ललित राजवंशीले समान एक/एक विकेट लिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टी–ट्वान्टीमा सतक प्रहार गरेका छन् ।

यसअघि नेपाली कप्तान ज्ञानेन्द्र मल्लले ५२ बलमा सतक हानेका थिए । ज्ञानेन्द्रले ५ चौका र ९ छक्का प्रहार गरे । उनी १०७ रन हानेर आउट भएका थिए ।

ज्ञानेन्द्रको सतकसँगै नेपालले टी–ट्वान्टीमा अहिलेसम्मकै बढी रन बनाएको थियो । यसअघि नेपालले मलेसियाविरूद्ध १७३ रन बनाएको थियो । २० ओभरको नेपालले ३ विकेट गुमाएर २३६ रन बनाएको थियो ।

प्रतिक्रिया