घर बाहिर गएर यौनसम्पर्क गर्दा ध्यान दिनुपर्ने कुराहरु ! यी कुरामा ध्यान नदिए यौन रोग लाग्न सक्छ

इनेप्लिज २०७६ मंसिर १८ गते २२:४७ मा प्रकाशित

हाम्रो समाजमा यौन खुला बहस र कुराकानीको विषय हुन सकेको छैन । त्यस्तै, यौन रोगबारे पनि पर्याप्त जनचेतना सञ्चार भएको छैन । लाज र डरका कारण यौन रोग लुकाउने चलन छ । सुरुमै उपचार गरे सजिलै निको हुने यौन रोग लुकाउँदा त्यसको परिणाम भयावह हुन्छ र बिरामीले असाध्यै सकस पाउँछ ।

यौन रोग भनेको यौन सम्पर्कबाट सर्ने संक्रामक रोग हो । नेपालीहरूमा देखिने मुख्य सरुवा रोगमध्ये यौन रोग पनि एक हो । कुनै यौन रोगको उपचार गर्न सकिन्छ भने कुनैको सकिँदैन । यसबाट बच्ने सहज उपाय भनेको यसको रोकथाम नै हो ।

यौन रोगबारे यथार्थ जानकारी भए हामी यसबाट सजिलै बच्न सक्छौँ । असुरक्षित सम्पर्कबाट यौन रोग सर्न सक्छ । यौन रोग लागेको व्यक्तिमा यसको लक्षण देखिन पनि सक्छ, नदेखिन पनि सक्छ । यौन रोगले शरीरलाई धेरै हानि पु¥याउन सक्छ ।

प्रतिक्रिया