मंगलबार, साउन २७ २०७७
काठमाडौं १८:३६
वासिङटन डिसी 08:51

चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रममा ‘राईज अप ‘को प्रदर्शनी

इनेप्लिज २०७६ मंसिर १८ गते ११:४८ मा प्रकाशित

 

नेपाली चलचित्र जगतका चर्चित र ख्याती प्राप्त कलाकारको सम्मानमा आयोजना गरिएको नेपाली फिल्म अवार्ड सान फ्रन्सिस्को बे एरियामा भब्यताका साथ सम्पन्न भयो ।

उक्त कार्यक्रममा समाजका बिभिन्न बिधा र क्षेत्रमा योगदान पुर्याउनु हुने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यसै नेपाली फ़िल्म अवार्ड-२०१९ को ऐतिहासिक क्षणमा ‘राइज अप ‘वृतचित्र को पनि प्रदर्शनी गरिएको थियो ।

उक्त वृतचित्रमा कलाकारहरुहरुमा युनिभर्सिटी अफ क्यालिफोर्निया लसएन्जल्समा अभिनय अध्ययनरत तथा मोडलिङका प्रशिक्षार्थी सन्देश थापा र नेपाली मुल्की क्यालिफोर्नियामा २ बर्षे अभिनय पाठ्यक्रम पुरा गरि केही अन्तराष्ट्रीय विज्ञापनमा समेत अभिनय कला प्रस्तुत गरिसकेकी दिब्ना थापाले अभिनय गरेकी छिन् ।

जस्मा एस राज प्रोडक्शनका (शंकर राज वाग्ले) र संजय कार्कीको छांयाकन रहेको छ भने यस वृतचित्रमा शंकर राज वाग्लेले निर्देशन गरेका हुन् । यस चलचित्रमा बर्नीन २०२० को फिल्ड अर्गानाईजर शुस्मिक लामाले संयोजन गरेकी छिन् ।

र अन्य कलाकारहरु पेन्सिलभनिया निबासी क्रियाशील युवा साजन लामा ,मिस नेपाल क्यालिफोर्नीया सेकेण्ड रनरअप अनिसा ओली ,अशुतोष ओली, लसएन्जल्स निबासी केहि म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका युवा ब्यबसायी श्याम सेढाई ,सामाजिक क्षेत्रमा अत्यन्तै क्रियाशिल सामाजिक अभियन्ता टेक वाईबा लामा ,साउथ एशियन नेटवर्क की सामाजिक कार्यकर्ता नुतन काफ्ले ,सामाजिक अभियान्त विष्णु राउत, निरता कार्की र ईरानी कलाकार डोरीन टबिवियनको समेत अभिनय रहेको छ ।

यस समुहले अन्तराष्ट्रीय डायस्पोरामा घटिरहेको बास्तविक घटनाक्रम तथा विभिन्न हिसां, हत्या र सामाजिक विकृतिसंग जोडिएका विषयहरु सम्बन्धित जनचेतनामुलक भिडियोहरु निर्माण गरीरहेका छन् र यस वृतचित्रको कथाबस्तु सचारकर्मी डोल्मा लामाले लेखेकी हुन् ।

प्रतिक्रिया