पत्रकार सुवेदीमाथि बलात्कार प्रयास अभियोगमा अनुसन्धान

इनेप्लिज २०७६ मंसिर १८ गते ७:१३ मा प्रकाशित

काठमाडौं, १८ मंसिर । गुल्मी बस्ने पत्रकार शिव सुवेदीमाथि एक किशोरीलाई बलात्कार प्रयास गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ ।

जिल्ला अदालतबाट चार दिनको म्याद थपी सुवेदीमाथि अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै बुटवलकी १६ वर्षीया एक युवतीले किटानी जाहेरी दिएको चार दिनपछि सुवेदी पक्राउ परेका थिए ।

किटानी जाहेरीमा उक्त घटनामा पत्रकार रिया बस्नेत र प्रकाश न्यौपानेको पनि संलग्नता रहेको जिकिर गरिएको छ । प्रहरीले उनीहरुलाई पनि खोजी गरिरहेको छ ।

बालबालिका सम्बन्धी रेडियो कार्यक्रम चलाउने १६ बर्षिया किशोरीलाई मदिरा पिएपछि बलात्कार प्रयास गरिएको तर आफू झ्यालबाट भागेको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया