मंगलबार, साउन २७ २०७७
काठमाडौं १८:२०
वासिङटन डिसी 08:35

नेपाली समाज टेक्सास (एनएसटि)को निर्वाचन डिसेम्बर २८ मा हुने ,सदस्यता लिने अन्तिम मिति डिसेम्बर २१

इनेप्लिज २०७६ मंसिर १८ गते २:१८ मा प्रकाशित

अमेरिकाको टेक्ससको ड्यालस शहरमा स्थित नेपाली समाज टेक्सास (एनएसटि)को निर्वाचन आगामी डिसेम्बर २८ मा हुने भएको छ । सदस्यता कमिटीका प्रमुख विजयराज भट्टराईले सदस्य लिन ईच्छुक सबैलाई सदस्यता लिने अन्तिम मिति डिसेम्बर २१ भएको सार्वजनिक गरेका छन् ।

उनले ३ प्रकारका सदस्यहरु निर्वाचन प्रक्रियामा सहभागी हुन् सक्ने छन् भनि सूचना सार्वजनिक गरेका छन् । भट्टराईले साधारण सदस्यता शुल्क: $२०.०० प्रति व्यक्ति ,आजीवन सदस्यता शुल्क: $५००.०० प्रति व्यक्ति तथा ट्रष्टी सदस्यता शुल्क: $५,०००.०० प्रति व्यक्ति शुल्क पर्ने जनाएका छन् ।

उनले तिनै सदस्यता लिन के के योग्यता हुनु पर्ने समेत जनाएका छन् । बिस्तृत जानकारी सहित छापा विज्ञप्तिको पूर्ण विवरण जस्ताको त्यस्तै :

सम्पूर्ण टेक्सासबासी नेपालीहरु,

नेपाली समाज टेक्सास (NST) को ११ औ कार्यकारी समितिको हुदैछ। सो निर्वाचनमा उमेद्वार तथा भोटरका रुपमा सहभागी हुन यस संस्थाको सदस्यता लिएको हुनुपर्नेछ। तलका तीन प्रकारका सदस्यहरु निर्वाचन प्रक्रियामा सहभागी हुन् सक्नेछन।

सदस्यता लिने अन्तिम मिति: डिसेम्बर २१, राती ११:५९ बजे सम्म

साधारण सदस्यता शुल्क: $२०.०० प्रति व्यक्ति
आजीवन सदस्यता शुल्क: $५००.०० प्रति व्यक्ति
ट्रष्टी सदस्यता शुल्क: $५,०००.०० प्रति व्यक्ति

सदस्यता लिन योग्यता :

साधारण सदस्य:

१. सदस्यता लिने समयमा १८ बर्ष पुगेको हुनुपर्नेछ।

२. टेक्सास राज्यमा बसोबास गर्ने हुनुपर्नेछ।

३. यो सदस्यता २ बर्षको निमित्त मात्र उपयोगी हुनेछ।

४. यी सदस्यहरु निर्वाचनको भोटर्स तथा उमेदवार तथा अन्य जुनसुकै कमिटीको निमित्त उपयोगी हुनेछन् ।

५. विद्यार्थीको हकमा टेक्सास राज्यको कलेजमा अध्ययनरत हुनुपर्नेछ।

६. साधारण सदस्यता शुल्क $२०.०० रहेको छ।

आजीवन सदस्य:

१.साधारण सदस्यका सम्पूर्ण प्रक्रिया पूरा गरेको हुनुपर्नेछ।

२. आजीवन सदस्यता शुल्क $५००.०० रहेको छ।

३. साधारण सदस्यका सम्पूर्ण अधिकारहरु प्राप्त हुनेछ ।

बोर्ड अफ ट्रष्टी सदस्य :

१.ट्रष्टी सदस्य बन्नका निमित्त साधारण सदस्य बन्ने सम्पूर्ण प्रक्रिया पूरा गरेको हुनुपर्नेछ।

२. ट्रष्टी सदस्यता शुल्क $५,०००.०० रहेको छ।

३. ट्रष्टी सदस्यहरुलाई साधारण सदस्यका सम्पूर्ण अधिकारहरु प्राप्त हुनेछ ।

४. ट्रष्टी, नेपाली समाज (NST) को अभिभावक भूमिका रहनेछ।

धन्यवाद ,

विजयराज भट्टराई

प्रमुख, सदस्यता कमिटी
तथा
सदस्यहरु – ज्ञानेन्द्र कार्की, केशव लामिछाने, सीता सपकोटा, प्रयाश बास्तोला

NST Election 2019

प्रतिक्रिया