सम्बद्ध पार्टीले बिजय प्राप्त गरे खुशी ,नगरे दुखि

परशुराम भण्डारी २०७६ मंसिर १६ गते ११:५३ मा प्रकाशित

हामी प्रवासमा बसे पनि नेपालको बिकास र सम्वृद्धिको चिन्ता भैहाल्छ । बिकास र सम्वृद्धि भनेकै कस्तो किसिमको नेतृत्व छ त्यसमा निर्भर रहन्छ । अतएव नेपालमा हुने निर्बाचनमा असल व्यक्ति र असल पार्टीसंग सम्बद्ध बिचार राख्ने ब्यक्ति बिजयी होस भन्ने चाहना हुन्छ । कतिपय प्रवासमाबस्ने हामीलाई नेपालमा रहदा आफू सम्बद्ध पार्टीले बिजय प्राप्त गरे खुशी हुने नगरे दुखित बनेको देखिन्छ ।

सबै मतदाता कार्यकर्ता बनेको देख्दा हामी खुशी बन्छौ। तर दुइ तिहाइ प्राप्त सरकारको यो निर्बाचन मध्यावधि मूल्यांकन हो भनेर कमैले बुझ्ने गर्छौ। अहिलेको सरकारले दिर्घकालीन योजनाहरू ल्याएर दिगो बिकाशको शुरूवात गरेको होला ।

तर मतदाताहरूले तत्कालीन समस्या समाधान गर्न यो सरकार सफल छ छैन। त्यसको आधारमा मूल्यांकन गर्दा रहेछन् भनेर यो निर्बाचनले पुष्टी गरेको छ । नेपाली मतदाता जडशूत्रबादी चिन्तनबाट माथि उठेको देखिन्छ। दुइ बर्ष अगाडि आफूले मत हालेको दललाई नै मात्रै मतदाताहरूले मत दिएको देखिएन ।

वाशिंटन डिसिमा आइरहेका बेला नेपाल सरकारका ब्यक्तिहरू र केही सल्लाहकारहरूलाई सरकारको कामबाट जनता खुशी छैनन ,सरकारले दिएको नारा अनुसारको काम गरेको छैन भनिरहदा उहांहरूलाई सुन्न निक्कै गाह्रो परेका देखिन्थ्यो ।

तर आज आएर स्वतन्त्र पर्यबेक्षकको रूपमा जे देखिन्छ त्यो सत्य साबित भएको छ । चितवन र धरान जस्तो सत्तारूढ दलले आफ्नो लालकिल्ला ठानेका ठाउँहरु पनि ढल्दै गएका छन् । भक्तपुरमा पनि सत्तारूढ दलले हार्नु पनि काठमाण्डौका जनता सरकारको काम प्रति सन्तुष्ठ छैनन भन्ने संकेत हो ।

पोखराको निर्बाचनलाई यहां जोडेर कुनै बिश्लेषण गर्ने परेन । स्वयम रबिन्द्र अधिकारी त्यो क्षेत्रका बिकाश प्रेमी नेता थिए नै । त्यसमा पनि राजनैतिक रूपमा सक्षम ब्यक्ति बिद्या भट्टराईले निर्बाचन हार्ने कुनै संभाबना देखिन्न थियो । किन कि उहां आफै सक्षम उमेद्वार त्यसमा पनि बिषम परिस्थितिको निर्बाचनले पनि उहांलाई बिजयी बनाउन सहयोग गर्यो । सत्तारूढ दलले यदि धरानको निर्बाचनमा पराजय भोग्यो भने उसको लोकप्रियतामा ठूलै ह्रास आएको मान्न सकिन्छ । दुइ बर्ष अगाडिको निर्बाचनमा नराम्रो पराजय भोगेको नेका को लागि निक्कै राम्रो अबसरको रूपमा यो निर्बाचनलाई लिन सकिन्छ ।

आफ्नै आन्तरिक कलहका कारण नराम्रो पराजय भोगेको नेका ले यो निर्बाचनमा राम्रो उपलब्धी हासिल गरेको मान्न सकिन्छ । समग्रतामा यस पटकका मतदाताहरूले राम्रो काम गर्नेलाई पुरस्कार नगर्नेलाई राम्रो दण्ड सजाय दिएका छन् ।

यो मध्यावधि मूल्याँकन गरिएको निर्बाचनमा सत्तापक्षलाई ठूलो सबक मिलेको हुनुपर्छ भने प्रतिपक्षले शालीन तरीकाले जनताका अगाडि गएर आउदो निर्बाचनको लागि तयारी रहनु पर्ने देखिन्छ ।

साना पार्टीहरू अब अस्तित्व लोप हुने अबस्थामा पुग्ने देखिन्छन् भने अबको ३ बर्षको निर्बाचनमा ३/४ वटा भन्दा बढी पार्टीहरू अस्तित्वमा आउन सक्ने अबस्था देखिदैन ।

( यो आलेख मेरा नितान्त ब्यक्तिगत बिचारमा आधारित छ)

लेख समसामयिक लागेकोले प्रकाशित गरिएको हो ।

 

प्रतिक्रिया