नेपालको प्रतिनिधित्व गर्दै तनहुँका पत्रकार पौडेल नेदरल्याण्डमा

इनेप्लिज २०७६ मंसिर १६ गते ४:१५ मा प्रकाशित

तनहुँ- विश्व युवा सम्मेलनमा सहभागिताका लागि तनहुँका एक युवा अधिकारकर्मी एवम् पत्रकार छनौट भएका छन्। सृजनशिल युवा मञ्चका अध्यक्षसमेत रहेका दमौली खबर दैनिकका सम्पादक पवन पौडेल विश्वभरका युवाबीच को स्वतन्त्र प्रतिस्पर्धाबाट नेपालबाट छनौट भएका हुन् ।

डिसेम्बर २ देखि ६ सम्म नेदरल्यान्डको राजधानी एम्स्टर्डम मा हुने सम्मेलनमा पौडेलले नेपाली अनुभव साट्नेछन् । पौडेल सामुदायिक रेडियो प्रसारक संघका गण्डकी प्रदेश कोषाध्यक्ष पनि हुन् ।

अघि पनि विभिन्न युवा सम्मेलनमा सहभागी पौडेललाई नेपालका तर्फबाट छनौट गरिएको सम्मेलन आयोजक समितिकी क्षिन्याले बताइन् ।
पत्रकार तथा युवा अधिकारकर्मी पौडेलले नेपालको अनुभव र विश्वको अवस्थाको जानकारीका साथै परिवर्तित समयमा नयाँ प्रविधिको उपयोग गर्दै समाज र वातावरणमा दिन सकिने योगदानबारे सम्मेलनले आधार तयार पार्ने बताए ।

प्रतिक्रिया