व्हाइट हाउस बुधबार हुने न्यायिक समितिको सुनुवाईमा भाग नलिने
व्हाइट हाउस अमेरिकी संसदमा आगामी बुधबार हुने न्यायिक समितिको सुनुवाईमा भाग नलिने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनका वकीलहरू महाभियोगको सुनुवाईमा भाग नलिने जनाएका छन् ।
व्हाइट हाउसका राष्ट्रपतिका लागि परामर्शदाता प्याट सिपोलोनले न्यायिक समितिका अध्यक्ष जेरोल्ड नाडलरलाई पत्र लेखि हामी सुनुवाइमा निष्पक्ष रूपमा सहभागी हुन आशा सक्दैनौं । किनभने साक्षीहरूको नाम अझ उल्लेख नगरेको जवाफ दिएका छन् ।
साथै न्यायिक समितिले राष्ट्रपतिलाई थप सुनुवाइको माध्यमबाट राष्ट्रपतिलाई निष्पक्ष प्रक्रिया गर्ने कि नगर्ने भन्ने कुरा स्पष्ट छैन भनि जनाएका छन् । तदनुसार, वर्तमान परिस्थितिमा हामी तपाईंको बुधवार सुनुवाईमा भाग लिने छैनौं भनी उत्तर दिएका छन् ।
उनले भविष्यमा हुने सुनुवाईमा सहभागिताको बारेमा शुक्रवारको अन्तिम म्यादलाई छुट्टै जवाफ दिने बताएका छन् ।
श्रोत ; सिएनएन
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
प्रतिक्रिया