सोमबार, मंसिर २३ २०७६
काठमाडौं १०:०६
वासिङटन डिसी 23:21

वेष्ट हार्टफोर्ड, कनेक्टिकटमा नयॉ लायन्स क्लब चार्टर हुँदै

इनेप्लिज २०७६ मंसिर १५ गते १८:०० मा प्रकाशित

(West Hartford, December 01 , 2019) – शुक्रवार, डिसेम्बर ६, २०१९ का दिन साँझ ६ बजे West Hartford Lumbini Lions Club का २५ जना सदस्यहरु सहित् Lions Clubs International का अन्तर्राष्ट्रिय निर्देशक मार्क लायनको प्रमुख आतिथ्यमा स्थानीय संघ सँस्थाका पदाधिकारीहरु र स्थानीय नेपाली समुदायका सदस्यहरु एवम् लायन्स क्लब्स ईन्टरनेशनलका Area 1 Specialty Clubs Coordinator एवम् डिष्ट्रिक्ट 4-C-3 क्यालिफोर्नियाका पूर्व डिष्ट्रिक्ट गभर्नर Lion Rajen Thapa एवम् डिष्ट्रिक्ट 23B का डिष्ट्रिक्ट गभर्नरसहित् डिष्ट्रिक्टका उच्च पदाधिकारीहरुको उपस्थितीमा Vallabhdham Temple, 26 Church Street, Newington,CT मा भव्य चार्टर नाईट कार्यक्रमको आयोजना हुँदैछ ।

सो समारोहमा लायन्स क्लब्स ईन्टरनेशनलका अन्तर्राष्ट्रिय निर्देशक मार्क लायोनले नयाँ सदस्यहरुलाई आधिकारिक चार्टर प्रदान गर्नुहुनेछ । सो समारोहमा West Hartford Lumbini Lions Club लाई स्पोन्सर गर्ने Lions Clubs International, District 23B, Litchfield र Hartford Counties का लायन्स सदस्यहरु पनि उपस्थित रहने छन् ।

District 23B का गभर्नर V. Everett “Ev” Lyons भन्नुहुन्छ, “I am proud to welcome these Nepalese-American men and women into Lions. With our New Voices Initiative, Lions are welcoming members of diverse communities to grow our ranks and expand our service for those in need. West Hartford will be proud to have such a fine group serving their community.”

West Hartford Lumbini Lions Club ले आफ्नो स्थानीय समुदायका साथै मातृभूमि नेपालमा पनि सेवा विस्तार गर्ने उदेश्य राखेको छ ।

लायन्स क्लब्स ईन्टरनेशनलको नीति अनुसार नयाँ क्लब स्थापनादेखि दुई वर्षको लागि दुईजना Guiding Lions मा पूर्व डिष्ट्रिक्ट गभर्नर डेव रवर्ट्स र राज श्रेष्ठलाई डिष्ट्रिक्ट गवर्नर एभ लायन्सले नियुक्त गर्नुभएको छ । लायन कृष्ण कँडेलको अध्यक्षतामा स्थापित यस क्लबमा २७ जना सँस्थापक सदस्यहरु रहनुभएकोछ ।

लायन्स क्लबहरु महिला पुरुष सबैको यस्तो समूह हो जसले आफ्ना समुदायको आवश्यकताहरुको पहिचान गरि उनीहरुसंगै मिली ती आवश्यकताहरुको परिपूर्ती गर्दछ । विस्तृत जानकारीका लागि वा वेष्ट हार्टफोर्ड लुम्बिनी लायन्स क्लबमा आवध्द हुनका लागि निम्नानुसार सम्पर्क गर्नुहुन अनुरोध छ:- सँस्थापक अध्यक्ष कृष्ण कँडेल, [email protected]

• लायन्स क्लब्स ईन्टरनेशनल १०२ वर्ष पुरानो १५ लाख सदस्यहरु भएको, ४८ हजार क्लब़हरु भएको र २०० भन्दा बढी देशहरुमा फैलिएको संसारको सबैभन्दा ठूलो सेवामूलक सँस्था हो । सन् १९१७ देखि लायन्स क्लबहरुले अन्धोपन भएका र दृष्टीमा समस्या भएका लाखौं मानिसहरूलाई सहयोग गरिसकेको छ र विश्वभरि सामुदायिक सेवा र युवाहरुको सेवाका लागि गहन प्रतिवध्दता जाहेर गरेको छ । लायन्स क्लब्स ईन्टरनेशनल को Focus Areas निम्नानुसार रहेको छ:-
• Vision
• Youth
• Disaster Relief
• Humanitarian
• Diabetes
• Hunger
• Environment
• Childhood Cancer
विस्तृत जानकारीका लागि निम्न वेबसाइट हेर्नुहुन अनुऱोध छ:- http://www.lionsclubs.org.

New Members Orientation Program Participant with District Officers

प्रतिक्रिया