सोमबार, मंसिर २३ २०७६
काठमाडौं १०:५१
वासिङटन डिसी 00:06

अनेसास डिसि मेट्रो कमिटी महिला बिभागले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने

इनेप्लिज २०७६ मंसिर १५ गते १५:५७ मा प्रकाशित

 

अनेसास डिसि मेट्रो कमिटी महिला बिभागको आयोजनामा आगामी मार्च ८,२०२० आईतवारका दिन अन्तर्राष्ट्रिय महिला दिवस भब्यताका साथ मनाईने भएको छ ।

उक्त बिभागको सँयोजक अनेसास डिसिकी वरिष्ठ महिला उपाध्यक्ष रजनी श्रेष्ठ ,सह संयोजक रोजा ओली / सकुन्तला अधिकारी र सदस्य सचिब सुजना ढकाले कार्यक्रमको जानकारी गराउनु भएको छ ।

उक्त कार्यक्रममा नेपाली महिलाको आदर्श, संस्कार, गौरवशाली सँस्कृति, संघर्षशील जीवन र सफलताका प्रेरणादायी कथाहरुले आगामी पुस्तालाई पार्न सक्ने प्रभाब र भबिष्यमा के कसरी नयाँ पिढीलाई सकारात्मक र श्रृजनशील प्रेरणा दिन सकिन्छ भन्ने बिषय नै कार्यक्रमको मूल उदेश्य रहेको उक्त कार्यक्रमकि संयोजक रजनी श्रेष्ठले जानकारी गराउनु भयो ।

गत नोभेम्बर ३० का दिन बसेको महिला बिभागको बैठकले यहाँ स्थित बिभिन्न सँघ सँस्था, बुद्धिजिबी, महिला उद्यमि तथा नेपाली संस्कृति प्रेमीहरुलाई आदर पूर्वक आमन्त्रण गरिएको उक्त कार्यक्रमकि सदस्य सचिब सुजना ढकालले जानकारी दिनु भयो । साथै उक्त कार्यक्रमको स्थान भने छिट्टै तोकिने र समुदायलाई जानकारी गराउने कुरा उहाले जनाउनु भयो ।

स्मरण रहोस् ,डिसि क्षेत्रमै हरेक बर्ष हुँदै आएका कार्यक्रम भन्दा यो कार्यक्रम निक्कै, पृथक र प्रेरणादायी हुने कार्यक्रमकि सह संयोजक रोजा ओली र सकुन्तला अधिकारीले जानकारी गराउदै कार्यक्रममा महिला सम्बन्धि कबिता ,मुक्तक तथा गजल वाचन, नाँच ,गीत प्रस्तुत गरिने कुरा बताउनु भएको छ।

उक्त समितिका सदस्यहरुमा संगीता पन्त, बिमला बस्नेत ,गोमा न्यौपाने ,लोक कुमारी सुबेदी ,रञ्जु सुबेदी ,सुमित्रा शर्मा ,भगवति भुषाल् ,कल्पना सुबेदी ,निरा शर्मा ,गीता कोइराला ,शिला शर्मा,मोनिका श्रेष्ठ,अञ्जु ढकाल र शर्मिला पौडेल ,सुनिक्षा मैनाली ,मनमाया दाहाल रहेको जानकारी उक्त समितिकी संयोजक रजनि श्रेष्ठले जानकारी गराउनु भएको छ ।

साथै सल्लाहकारहरु निकट भविष्यमा मनोनयन गरि सार्वजनिक समेत गरिने जानकारी गराइएको छ ।

प्रतिक्रिया