तनहुँ उद्योग बाणिज्य संघ तुरतुरे बजार इकाई तुरतुरेको २२औ साधारण सभा सम्पन्न

इनेप्लिज २०७६ मंसिर १४ गते ११:३२ मा प्रकाशित

तनहुँ उद्योग बाणिज्य संघ तुरतुरे बजार इकाई तुरतुरेको २२औ साधारण सभा सम्पन्न भएको छ। तुरतुरे बजार इकाईले २२ औ साधारण सभा तनहुँको भानु नगरपालिका वडा न १३ मिर्लुङ्ग टुटेपानी होमस्टेमा गरेका थिए।

प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य संघ एंव तनहुँका पुर्ब अध्यक्ष देब कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम तुरतुरे बजार इकाईका सभापति दिनेश बिस्ट सभापतित्वमा सम्पन्न भएको थियोे ।

विशिष्ट अतिथिमा तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ अतिथिहरुमा भने तनहुँ उद्योग महासचिव इमकुमार मल्ल ,तनहुँ उद्योग बाणिज्य संघ जिल्ला सदस्य दिनेश कुमार श्रेष्ठ ,भानु न पा १० वडा सदस्य दिल घले ,टुटेपानी होमस्टेका अध्यक्ष होम ब गुरुङ ,तुरतुरे बजार इकाई तुरतुरे इकाईको उपसभापति उपेन्द्र बाबु तिवारी ,काेषध्यक्ष तिर्थ नारायण श्रेष्ठ ,सदस्यहरु जुना श्रेष्ठ , कृष्ण ब ढुङ्गना , नेत्र कुमार , शारदा प्रसाद धिताल , मुना श्रेष्ठ भानु नगरपालिका जनजाति महासंघका अध्यक्ष प्रेम ब थापा मगर ,तुरतुरे बजार इकाई तुरतुरे इकाईका सदस्य रमेश कुमार श्रेष्ठ र पुर्ब अध्यक्ष एवं प्रतिनिधि उद्योगि ब्यापारी लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य उपसभापति उपेन्द्र बाबु तिवारीले गर्नु भएको थियोे भने सस्थाका सचीव राम जोशीले सस्थागत प्रतिबेदन र कोषाध्यक्ष तिर्थ कुमार श्रेष्ठले रु १,६७,२२१ /४२ रुपैयाको आम्दानी खर्च भएको आर्थिक प्रतिबेदन आयब्यय प्रस्तुत गरेका थिए भने कार्यक्रमको सन्चालन तुरतुरे इकाईका सचिव कृष्ण चन्द्र कोईरालाले गरेका थिए ।

कार्यक्रममा अतिथिहरुले ब्यापारीहरुलाइ हरेक बहानामा स्थानीय तह,राज्य लगाएत बाट झन्झटिलो ब्यवस्था गरेको हुदा ब्यापारीहरु सुरक्षित नभएको,चर्को ब्याजदर ,घरभाडाले ब्यापारीहरु बिस्तापित हुने अवस्था आएको हुदा बेलैमा सम्बन्धित निकायले ध्यान पुर्याउनु पर्ने अवस्था आएकोमा जोड दिएका थिए।

विशिष्ट अतिथि मान काजी श्रेष्ठले पौष २४ गते बाट हुने तनहुँ महोत्सवमा यस टुटेपानी होमस्टेलाई निम्तो गर्नु भएको छ। प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य संघ एंव तनहुँका पुर्ब अध्यक्ष देब कुमार श्रेष्ठले तुरतुरे बजार इकाईलाई ६००० गाडी भाडा भनेर सहयोग गर्नु भएको छ।

प्रतिक्रिया