अमेरिकी आकाश नेपाली मन माथि एक नजर , कृति समिक्षा :शिब पलाँस

इनेप्लिज २०७६ मंसिर १३ गते १७:५१ मा प्रकाशित

नेपाली गुँडबाट उडेर अमेरिकी जमिनमा चारो टिप्न आइपुगेका चराहरुको  चिर्बिर नै यो पुस्तकको आवाज हो केही नेपाली भाषी भुटानीश्रष्टा पनि यसमा नसमेटिएका होईनन यहाँ स्थापित गीतकार ज्ञानेन्द्र गदालदेखि  हामी सिकारुसम्म  एकसाथ अटाएका  छौं  

साहित्यको लोकप्रिय बिधा गीत सहजै जनसाधारणमा   पुग्ने कालान्तरसम्म मुखमा झुण्डिने ल्याकत राख्छ त्यही आकर्षणले   शायद सडकदेखि दरबारसम्मका धेरैले गीतमा कलम चलाए गीतको गन्तव्य गायन हो   नगाइएका बखत कविता हो पनि भनिन्छ  

गीत परिभाषित गर्न सजिलो छैन गजलहाइकुरुवाइ जस्तो गरि गीतलाइ संरचनाले बाँध्न पनि सकिँदैन देबकोटाको यात्रीसिद्दिचरणको ओखलढुंगाहरिभक्त कटुवालको मलाई नसोध कहाँ दुख्छ घाउ कविता हुन्   पछि  गीत पनि बनाइए लोकप्रिय बने तर जे जसरी लेख्दा पनि गीत भैहाल्दो रैछ भन्ने भ्रमजालबाट भने मुक्त हुन जरुरी हुन्छ  

एउटा सुन्दर गीत रचना गर्न  बिषय उठानदेखिभावस्वरुप , शैलीउचित प्रतीकको प्रयोगमात्रा लयको चेत साथसाथै गुदिसहितको सरलता आवस्यक तत्व हुन् चल्तिको बात गर्दा एउटा गीत तीनदेखि सात मिनेटमा गाउन मिल्ने बनाइन्छ दुई  पङ्तिकोस्थायी चार , चार पङ्ंतिका दुई अन्तरा   तथापि  रमेश धितालले  चौतारीमा बतास चल्यो  तीन शब्दको एक हरफलाइ स्थायीबनाइदिए   शिब अधिकारीले सपना भुलाइ सारामा दुई  हरफको स्थायी दुई , दुई हरफकै दुई  अन्तरामा  बेजोड गीत लेखे कृष्णहरीबरालले  जुनको ज्योति गीतमा स्थायी नै आठ हरफको बनाईदिए सबै गीत चर्चित बने रुप पक्ष  जेजस्तो भएपनि यी  सबै गीतमागीतितत्व गज्जब     

स्वस्फुर्त आएको गीत झरनाको पानीजस्तो स्वादिलो संगीतमय हुन्छ  भन्ने  उदाहरण  यी गीतमा पाइन्छ जबर्जस्ति लेखिएको गीतइनारको पानीजस्तो  हो    

अमेरिकी आकाश नेपाली मनमाथि  एकसरो नजर लगाउदा यसमा  प्रणयप्रेम , देशप्रेमभेषप्रेम , प्रवास पीडा लगाएत जिवनका अनेकउज्यालाअध्याँरा पक्ष समेटिएका छन् ज्ञानेन्द्र गदाललिलु गुरुङ , राधा काफ्लेमणि बस्नेत, कृशु क्षेत्री, कृष्ण कुसुम  आदिकाप्रेमिल गीतहरुमा यत्तिकै संगीत सुदीप खनाल , शिखर दुलाल, कुमार शिवाकोटीङिमा पाखृन , प्रेमराजा महतका गीतमा  माटोप्रेमको सुगन्ध आउछ लालगोपाल सुबेदी , डा. ऋषी  बस्ताकोटीगोबर्धन पूजापिपलमणी आचार्यका गीत आम रुपमा उठाइनेबिषयभन्दा बेग्लै रंगका छन्  

 अर्को कोणबाट हेर्दा   कतिपय गीतमा  गेयात्मकता छैन करबलले अनुप्रास मिलाइएको   मात्रामा बिचलन पाइन्छ नयाँ बिम्बप्रतीकको  प्रयोग पाइदैन सम्पादकहरुको  जम्बो  टोलीले  कैची लगाउनुपर्ने  कतिपय गीतमा  समेत आँखा चिम्लेको   जस्तो लाग्छ गीत नै  नलेख्नेहरुलाई  पनि गीतकार बनाउने जमर्को गरेकोसामान्य सम्पादनमा समेत ध्यान पुर्याउन नसकेको  तथा किताबकोगुणभन्दा आकार राम्रो बनाउन केन्द्रित  भएको  प्रतित हुन्छ यसका बाबजुद पनि  प्रवासमा रहेका  यतिका नेपालीभाषी सर्जकलाई एउटैगीति संग्रहमा उनेर माला बनाउने प्रयासलाइ भने आत्मसात् गर्नुपर्छ     

 

 

प्रतिक्रिया