फ्राइडे रिलिज: चलचित्र “मखमली मखमली” पहिलो दिनमा नै हाउसफुल

इनेप्लिज २०७६ मंसिर १३ गते ११:४५ मा प्रकाशित

काठमाडौं : बहुप्रतिक्षित चलचित्र “मखमली मखमली” आज मंसिर १३ गते बाट मुलुकभर एकैसाथ प्रदर्शनमा आएको छ । करिब ६० वटा देशभरका सिनेमाघरमा प्रदर्शन भएको चलचित्र “मखमली मखमली” पहिलो दिनमानै सुखद ओपनिङ गर्दै हाउसफुल भएको जानकारी निर्मात्री सावित्रा चिलवाल गराइन।

यथार्थपरक कथाबस्तुमा नारि बेदनालाइ प्रतिनिधित्व गर्दै र महिलाहरुले भोग्नु परेको दुख पिडालाइ समेटिएको चलचित्रमा दुख पिडा, खुसि हाँसो,कमेडी, याक्सनले भरिपुर्ण चलचित्र भएको हुँदा सम्पूर्ण दर्शकहरुको माया बटुल्न सफल भएकोछ ।

चलचित्रमा नायक जयकिशन बस्नेतको जोडदार अभिनय रहेको छ भने फरक भूमिकामा मखमली बनेकि नायिका शुभेच्छा थापाको कारुणिक अभिनयले जोसुकैको मन पगाल्न सक्छ । यस चलचित्रमा फरक अभिनयमा देखा परेकी नायिका शुभेच्छा थापालाइ गाउले परिवेशमा देख्न सकिन्छ । निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा, कलाकार सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ तथा अन्य चर्चित कलाकारहरुको समेत दमदार अभिनय रहेको छ । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन्।

बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा रामेश्वर हुमागाईको छायाँकन रहेको चलचित्र राजु गिरीले निर्देशन गरेका हुन् ।

समग्र नेपालीहरुको भावनालाइ समेट्दै तयार पारिएको सत्य कथामा आधारित चलचित्र भएको हुँदा चलचित्रलाई सम्पूर्ण नेपालीहरुले माया गरि सिनेमाघर सम्म गई हेरिदिनु निर्मात्री चिल्वाल अनुरोध गर्दछिन ।

प्रतिक्रिया