अनिल केसीको प्रस्तुतीमा आफ्नोमन च्यानलबाट “मेरो मन “म्यूज़िक भिडियो सार्वजनिक

इनेप्लिज २०७६ मंसिर १३ गते १:०५ मा प्रकाशित

आफ्नो मन यु ट्युब च्यानल बाट भरखरै मेरो मन बोलको गितको म्यूज़िक भिडियो रिलिज गरिएको छ । सर्वोत्कृष्ट “लोभी आँखा”पछिको म्यूज़िक भिडियो अनिल केसीको प्रस्तुति रहेको यो म्यूज़िक भिडियोमा लोक गीतका सम्राट मानिने राजु परियार र नयाँ गायिका गरिमा बिरहिको आवाज रहेको छ ।

शब्द कृष्ण केसी ,संगित गणेश गुरुङ् निर्देशन मौसम हिमाली को रहेको छ भने अभिनय आमेश भण्डारी र आशिस्मानकर्मीको रहेको छ। हालसम्म आधा दर्जन भन्दा बढ़ि म्यूज़िक भिडियो प्रस्तुत गर्न सफल संगीत प्रेमी अनिल केसी लगायतका यस टिमले आफ्नो मन यूट्यूब च्यानल मार्फ़त अत्यन्तै मार्मिक तथा उत्कृष्ट गितहरुको म्यूज़िक भिडियोहरु निर्माण गर्दै आईरहेको छ ।

दुई दशक लामो समय देखि नेपाली संगीत क्षेत्रमा क्रियाशील यो टिमको उत्कृष्ट सांगितिक कोशेलीहरु “आफ्नो मन् आफै सँग ढाँट्न नमिल्ने दुखे पछि अरु सँग साट्न नमिल्ने” “लुकीछिपी चुपचाप के माया लगाउनु””नजाऊ टाढा तिमीलाई मेरो माया भयो झन् गाढा” जस्ता चार दर्जन माथि साँगितिक कोशेली नेपाली संगीत क्षेत्रमा पस्की सकेको छ |

स्वर्गिय गायक फत्तेमान राजभण्डारी को जीवन कालको एउटा मात्रै एकल एल्बम गर्ने अवसर पनि आफ्नो मन् टिम सँग छ ।

फत्तेमान राजभण्डारी, रामकृष्ण ढकाल अन्जु पन्त दुवै नयाँ तथा पुराना गायक गायिकाहरुसंग काम गरेको अनुभभ छ । यो टिम सँग नेपाली सागीतिक क्षेत्रमा आफ्नै युट्युव च्यानल “आफ्नो मन” मार्फ़त उत्कृष्ट गीतहरु निरन्तर पस्कदै आईरहेको छ।

यस टिमले नेपाली चलचित्र जगतका धरोहर बरिष्ठ चलचित्रकर्मी,निर शाह लगायत हास्यकलाकार सन्दिप क्षेत्री, शिल्पा पोखरेल, प्रियंका कार्की,आयुष्मान देशराज जोशी,नेपाली आईडल सुजन टु का बिजेता रवि ओड र अस्मिता अधिकारी सहितका धेरै चर्चित कलाकार हरुलाई समावेश गरिसकेका छन्।

https://youtu.be/0HbeSPm-8Tk

प्रतिक्रिया