एन आर एन ए पोल्यान्डको आयोजनामा भारतीय दुतावास पोल्यान्ड अगाडि बिरोध सभा सम्पन्न

अभियन्ता मित्र लाल पार्दे २०७६ मंसिर १२ गते १६:०८ मा प्रकाशित

गैर आवासीय नेपाली संघ पोल्यान्डको आयोजनामा पोल्यान्ड भएका बिभिन्न संघ संस्थाका व्यक्तित्वहरुको साथमा हालै इन्डियाले जारी गरेको नक्साको बिरोध गर्दै एक बिरोध कार्यक्रम सम्पन्न भएको छ । गो ब्याक इन्डिया , लिपुलेख हाम्रो हो , कालापानी हाम्रो हो लिम्पियाधारा हाम्रो हो । हामीलाई हाम्रो स्वाभिमान्ता प्राण भन्दा प्यारो छ । हामी यो नक्सा स्वीकार्दैनौ । इन्डियाको दादागिरी हामीलाई सह्य छैन भन्दै त्यहा उपस्थित भेलामा सबैले आवाज बुलन्द गरेका थिए । आशिष श्रेष्ठले सन्चालन गरेको कार्यक्रममा एन आर एन पोल्यान्डको आयोजनामा सम्पन्न कार्यक्रमको बिशेष सहजीकरण आइ सिसी सदस्य एवम संस्थापक अध्यक्ष डा बोधराज सुबेदीले गरेका थिए । उक्त कार्यक्रममा जन संपर्क समिती सभापति डा अलिनी पोखरेल सुबेदी , पानी अभियन्ता मित्र लाल पार्दे निवर्तमान एन आर एन अध्यक्ष्य गोपाल राइ एन आर एन लेखा समिती सदस्य होमनाथ सापकोटा ले आ आफ्नो धारणा राखेका थिए। बिरोध सभामा दुताबासले बिरोध पत्र लिन नमानेकोले पोस्टबाट दुताबास पठाउने निर्णय भएको थियो । अङ्रेजिमा सबैका आदरणीय जेष्ठ व्यक्तित्व श्री दुर्गा मास्केले पढेर बिरोध सुनाएका थिए भने मित्र लाल पार्देले नेपालीमा पढेर सुनाएका थिए ।

पोलिश सुरक्षाकर्मीको बिचमा सम्पन्न भएको उक्त बिरोध कार्यक्रममा एन आर एन अध्यक्ष नरेश सापकोटाले नेपाली भुभाग हाम्रो हो यो मिच्न पाइदैन भनेर आफ्नो बिचार दिएका थिए । डा बोधराज सुबेदीले सुगौली सन्धी देखि हाल सम्म इन्डियाले धेरै भुभाग लगेको अब हामी बोल्नु पर्छ । राष्ट्रियताको सवालमा सबै एक भएर इन्डियालाई घुडा टिकाउनु पर्दछ भनेर आफ्नो धारणा व्यक्त गरेका थिए साथै सुबेदीले पोलिश भाषामा उल्था गरेर इन्डियाको एक तर्फी नक्साको बारेमा उपस्थित जनसमुदायलाई बताएका थिए । कार्यक्रममा एन आर एन पोल्यान्डका महासचिब कबिन्द्र सुबेदीले यो नेपाल र नेपालीको अस्तित्वको लागि र स्वाभिमान्ताको लागि उपस्थित भएकाहरुलाई हार्दिक धन्यावाद संस्थागत तर्फबाट व्यक्त गरेका थिए ।

उक्त भेलामा प्रवासी नेपाली एकता मन्च संयोजक टन्क कटुवाल व्यवसायी अध्यक्ष आनन्द घिमिरे एन आर एन ए पोल्यान्डका सल्लाहाकार डा उदय देव आचार्य व्यवसायी रितु न्यौपाने ,राम चन्द्र न्यौपाने नेपालबाट आफ्ना परिवार भेट्न आएका चेत नारायण तिवारी , गुल्मी समाज पोल्यान्डका अध्यक्ष प्रकाश तिवारी एन आर एन पोल्यान्डकी कार्यसमिती सदस्य इश्वरा अर्याल , जन संपर्क समिती पोल्यान्डका महासचिब नारायण चालिसे , बिभिन्न कृयाकलापहरुमा सकृया भूमिका निर्वाह गरेका कुल बहादुर श्रेष्ठ , तारा बिक लगायत बिभिन्न क्षेत्र र वर्गका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

स्मरण रहोस् एन आर एन ए पोल्यान्डले इन्डियाले नाकावन्दी गरेको बेलामा पनि पोल्यान्ड भारतीय दुतावासमा पत्र प्रेषित गरेर बिरोध गरेको थियो ।

प्रतिक्रिया