बिहीबार, मंसिर १९ २०७६
काठमाडौं २१:२३
वासिङटन डिसी 10:38

आईसिई द्वारा नक्कली विश्वविद्यालयमा भर्ना हुने करिव २ सय ५० जना मानिसलाई प्रकाउ ,सर्वाधिक भारतीय बिधार्थीको संलग्नता

इनेप्लिज २०७६ मंसिर १२ गते १५:५७ मा प्रकाशित

अमेरिकाको अध्यागमन तथा सीमाशुल्क प्रवर्तन बिभाग(आईसिई )ले नक्कली विश्वविद्यालयमा भर्ना भएका करिव २ सय ५० जना मानिसलाई प्रकाउ गरेको छ । उक्त खबर डेट्रोईट फ्री प्रेस (स्वतन्त्र छापा) ले गत बुधबार नोभेम्बर २७ को दिन समाचार बाहिर ल्याएको छ । उक्त पत्रिकाले गत जनवरी महिनामा समेत छलकपट गरेको बारेमा समाचार बाहिर ल्याएको थियो ।

फार्मिंगटिन बिश्वबिद्यालय नामक कृते रुपमा नाम दर्ता गराएकोमा बिदेशी बिधार्थीहरुलाई पक्राउ गरेको जनाएको थियो । उक्त बिश्वबिद्यालयमा नाम लेखाउने सर्वाधिक भारतीय बिधार्थीको संलग्नता रहेको छ ।

उनीहरुले पढाई सके पछि प्रवेशाज्ञाको म्याद गुज्रिए पछि उनीहरुलाई अध्यागमन र प्रवेशाज्ञामा प्रपञ्च गरेकोले उनीहरुलाई धरपकड गरिएको थियो । २ सय ५० मध्ये ८० प्रतिसतले स्वयम् सेवक रुपमा अमेरिका छोड्नु पर्ने थियो ।

जस मध्ये २० प्रतिसतले आधिकारिक देश छोड्नु पर्ने आदेश समेत प्राप्त गरेका र केहीले अमेरिकामा बस्न पाउने भनि अमेरिकी अदालतमा मुद्धा दाएर गरेका थिए । यसबाहेक, डेट्रोईट फ्री प्रेस का अनुसार ८ जना मध्ये ७ जना अभियुक्तहरूले नक्कली विश्वविद्यालयमा भर्तीकर्ताको रूपमा पहिचान भएको छ । झन्डै ६ सय विद्यार्थीहरूलाई विश्वविद्यालयबाट झूटा लिखित प्रतिलिपि र अभिलेखहरू विद्यार्थी प्रवेशाज्ञा सुरक्षित गर्न मद्दत गरेर प्रवेशाज्ञा जालसाजी गर्ने षडयंत्र गरेका थिए ।

छ जना व्यक्ति बिरूद्ध दायर गरिएको उच्च निर्णायक समितिको अभियोगमा भनिएको छ कि “बिश्वबिद्यालयले विदेशी नागरिकहरू ‘रहनको लागि भुक्तानी’ को रूपमा प्रयोग गरिरहेका थिए।

उनीहरुले बिश्वबिद्यालयको ठेगाना र सामाजिक संजाल पृष्ठहरूमा विश्वविद्यालयको स्थापना गरी विश्वविद्यालयलाई एक मान्यता प्राप्त संस्थाको रूपमा प्रति वर्ष ८ हजार ५ सय शिक्षा शुल्क र मान्यता प्राप्त शिक्षण संस्थाको रूपमा विज्ञापन गर्थे ।

तर यसमा कुनै भौतिक रुपमा उक्त बिश्वबिद्यालयको कक्षा कोठा थिएन र मान्यता प्राप्त गरिएको थिएन।

समाचार/तस्बिर श्रोत कृतज्ञता : याहु डटकम

प्रतिक्रिया